डब्लूएचओले भन्यो- पाकिस्तानमा मानवीय संकटको खतरा « Khabarhub

डब्लूएचओले भन्यो- पाकिस्तानमा मानवीय संकटको खतरा


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ।

एक दशकयताकै ठूलो बाढीले सयौँ घर बगाएको छ भने सडक खण्ड भत्किएका छन्। त्यस्तै बाढीले लाखौँ हेक्टर भूभागमा लगाएको बालीनाली नष्ट भएको छ।

अधिकांश भूभाग जलमग्न छ। बाढीले ठूलो महासागर बनेको छ।  बाढीले अकल्पनीय संकट ल्याएको छ। जुनदेखि सुरु भएको वर्षा सिजनमा अहिलेसम्म १२ सय जना बढीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन्।

बाढीले ३ करोड ३० लाख पाकिस्तानी प्रभावित भएका छन्। देशको उत्तरी स्वात उपत्यकामा बाढीले पुल, सडक बगाउँदा दर्जनौँ गाउँसँगको सम्पर्क टुटेको छ।  पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसलाई त्यहाँबाट सुरक्षित क्षेत्रतर्फ जान भनिएको छ।

यस वर्षको कीर्तिमानी मनसुनलाई सन् २०१० को विनाशकारी बाढीसँग तुलना गरिएको छ। उक्त बाढीमा २ हजार जनाको मृत्यु भएको थियो। देशको करिब आधा कपास बाली बगेको र तरकारी, फलफूल र धान खेतीमा ठूलो क्षति भएको उनले बताए। बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
-न्युजकारखानाबाट

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ९ : २५ बजे

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल

मोदीको भिडियो हटाएकोमा जुकरबर्गले मागे माफी, भारतले दिएको थियो मेटालाई कारबाहीको चेतावनी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको र डीपफेक

न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामक : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका

मुख्यमन्त्री कार्कीसहित कोशीको एमाले नेतृत्वसँग छलफल गर्दै ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका पदाधिकारीसहित