डब्लूएचओले भन्यो- पाकिस्तानमा मानवीय संकटको खतरा | Khabarhub Khabarhub

डब्लूएचओले भन्यो- पाकिस्तानमा मानवीय संकटको खतरा


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ।

एक दशकयताकै ठूलो बाढीले सयौँ घर बगाएको छ भने सडक खण्ड भत्किएका छन्। त्यस्तै बाढीले लाखौँ हेक्टर भूभागमा लगाएको बालीनाली नष्ट भएको छ।

अधिकांश भूभाग जलमग्न छ। बाढीले ठूलो महासागर बनेको छ।  बाढीले अकल्पनीय संकट ल्याएको छ। जुनदेखि सुरु भएको वर्षा सिजनमा अहिलेसम्म १२ सय जना बढीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन्।

बाढीले ३ करोड ३० लाख पाकिस्तानी प्रभावित भएका छन्। देशको उत्तरी स्वात उपत्यकामा बाढीले पुल, सडक बगाउँदा दर्जनौँ गाउँसँगको सम्पर्क टुटेको छ।  पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसलाई त्यहाँबाट सुरक्षित क्षेत्रतर्फ जान भनिएको छ।

यस वर्षको कीर्तिमानी मनसुनलाई सन् २०१० को विनाशकारी बाढीसँग तुलना गरिएको छ। उक्त बाढीमा २ हजार जनाको मृत्यु भएको थियो। देशको करिब आधा कपास बाली बगेको र तरकारी, फलफूल र धान खेतीमा ठूलो क्षति भएको उनले बताए। बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
-न्युजकारखानाबाट

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ९ : २५ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको