सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधि टोलीबीच भेटवार्ता  « Khabarhub

सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधि टोलीबीच भेटवार्ता 


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि टोलीलेसभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ ।

फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष डानियल सालमोन नेतृत्वमा रहेको प्रतिनिधि टोलीले बिहीबार बिहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेट वार्ता गरेको हो ।

भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रीपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गरे ।

सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गरे ।

उनले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रूपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नु पर्नेमा जोड दिए ।

भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष सालमोनले नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गरे । उनले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले शक्ति लगाउनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ११ : २२ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी