प्रदेश नं १ साक्षर घोषण : सभामुख भण्डारी « Khabarhub

प्रदेश नं १ साक्षर घोषण : सभामुख भण्डारी


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश नं १ लाई आज साक्षर प्रदेश घोषणा गरिएको छ । उक्त प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा सो घोषणा गरेका हुन् । उनले साक्षरतासहित अब प्रदेशलाई आर्थिक समृद्धिका रूपमा परिवर्तन गर्न सबैले आफ्नो ठाउँबाट जिम्मेवार भई भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

प्रदेशका सामाजिक विकासमन्त्री राजन राईले मुलुकको समृद्धिका लागि व्यावसायिक, गुणस्तरीय र व्यवहारिक शिक्षा दिनुपर्ने आवश्यकता औँल्याए । स्वास्थ्यमन्त्री जयराम यादवले राष्ट्रियता, मातृभूमि र मातृभाषाप्रति समर्पित रहन विद्यार्थीलाई आग्रह गरे ।

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले मुलुकका लागि अबको शिक्षा जागिरे मात्र होइन, व्यवहारिक हुनुपर्नेमा जोड दिए । सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले प्रदेशलाई साक्षर घोषणा गर्न सबैको सहयोग प्राप्त भएको बताउँदै मातृभाषाको विकासका लागि गर्ने धारणा व्यक्त गरे ।

 सामाजिक विकास समितिका सभापति सरिता थापा खड्का, विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की, प्रदेश नं १ का प्रमुख सचिव  विनोदप्रकाश सिंह, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, जिल्ला समन्वय समिति पाँचथरका रामराज आङदम्वेलगायतले शिक्षा मुलुकको समृद्धिको महत्वपूर्ण मेरुदण्ड रहेको र मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा सर्वसुलभ गराउनुपर्नेमा सुझाव दिए ।

युनेस्कोले तोकेको १२ वटा मापदण्डलाई आधार बनाई प्रदेशलाई साक्षर घोषणा गरिएको थियो । प्रदेशका १४ जिल्लामा रहेका एक सय ३७ पालिकामा १५ देखि ६० वर्ष उमेर समूहमा ९६ दशमलव ७४ प्रतिशत साक्षर छन् । 

यसअघि साक्षर घोषणको अवसरमा स्थानीय आदर्श माध्यमिक विद्यालयबाट निस्केको प्रभातफेरीले नगर परिक्रमा गरेको थियो । प्रभातफेरीमा सामाजिक विकासमन्त्री राई, राज्यमन्त्री तुम्बाहाम्फे, प्रदेशका प्रमुख सचिव सिंह, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललगायत निजामती कर्मचारी, प्रहरी, विभिन्न विद्यालयका विद्यार्थी सहभागी थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  २ : ०४ बजे

थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालियो

मनाङ- अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितका ढुङ्गा, गिट्टी र बालुवाले

पदाधिकारी पदमुक्तिको कानुनी रिक्तता हटाउन विधेयक ल्याएका हौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक पदाधिकारीको

हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा

न्युयोर्क- इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटी पुनःखोल्ने विषयमा इरानले राखेको

प्रधानमन्त्रीले बोलाए ३ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्ने भएको छ । 

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका