श्रीलङ्कामा ३७ राज्यमन्त्री थपिए « Khabarhub

श्रीलङ्कामा ३७ राज्यमन्त्री थपिए


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिहीबार ३७ राज्यमन्त्रीलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार राज्य मन्त्रीहरूलाई राजधानी कोलम्बोस्थित राष्ट्रपतिको सचिवालयमा पद तथा गोपनीयताको सपथ खुवाइएको हो ।

नयाँ मन्त्रीपरिषद्‍मा सेहान सेमासिङ्घे अर्थ, प्रमिथा बन्दरा तेनाकून रक्षा, थाराका बालासुरिया विदेशमामिला राज्यमन्त्री नियुक्त भएका छन् ।

उनीहरूले छिट्टै आफ्नो जिम्मेवारी सम्हाल्ने बताइएको छ । सङ्कटग्रस्त श्रीलङ्कामा विदेशी मुद्रा अभावका कारण इन्धन तथा अतिआवश्यक दैनिक सामग्री खरिद गर्नसमेत समस्या भएपछि त्यहाँको जनजीवन नै प्रभावित बनेको छ ।

राष्ट्रपति रनिल विक्रमासिङ्घे राष्ट्रपतिमा निर्वाचित बनेपछि देशको अर्थतन्त्र क्रमशः सम्हालिँदै गएका सङ्केतहरू देखिए पनि अझै आर्थिक सङ्कट र यसका कारण आउने समस्याहरूको उल्लेख्य समाधान भने भइसकेको छैन ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ४ : १२ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको