नेपाल टी-ट्वान्टी लिग खेल्ने थप २ टिम र टिम मालिक घोषणा « Khabarhub

नेपाल टी-ट्वान्टी लिग खेल्ने थप २ टिम र टिम मालिक घोषणा


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिग खेल्ने थप २ टिम र टिम मालिक घोषणा गरेको छ । 

क्यानले बिहीबार पत्रकार सम्मेलनको घोषणा गर्दै थप दुई टिम र टिम मालिकको घोषणा गरेको हो । पहिलो संस्करणको प्रतियोगिता खेल्ने नयाँ टिममा पोखरा एभेन्जर्सफारवेस्ट युनाईटेड रहेका छन् । पोखराको मालिकमा पोस्टराज ज्ञवाली, सुबोध त्रिपाठी र अतीस ज्ञवाली रहेका छन् । फारवेस्टको मालिक एसआर स्पोर्ट्स एण्ड मिडिया भेन्चर्स युकेका रुपिन्दर बाग्गा रहेका छन् ।

क्यानले यस अघि ४ वटा टिमको नाम र टिम मालिक घोषणा गरिसकेको छ । पत्रकार सम्मेलनमा क्यानका सचिव प्रशान्त मल्लले लिगको तयारी तीव्र रुपमा भइरहको बताए । उनले खेल फ्रेन्चाइज क्रिकेट अनुसार नै अघि बढ्ने र ड्राफ्टमा खेलाडीहरुलाई खुल्ला राखिएको बताए । 

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ । यस्तै प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यस अघि नै मान्यता दिइसकेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ५ : २४ बजे

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन