नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा एआरएनए विजयी « Khabarhub

 नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा एआरएनए विजयी


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद २०८९ अन्तर्गतको पुरुष क्रिकेटमा एआरएनए एकेडेमीले विजयी सुरुआत गरेको छ । 

टियु क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराउँदै एनआरएनएले सुखद सुरुआत गरेको हो । एनआरएनएले दिएको ७५ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ६ ओभरमा ६ विकेट गुमाएर मात्र ६२ रन बनायो । वर्षाको कारण मैदान ओसिलो भएपछि ढिला सुरु भएको खेल ६ ओभरमा घटाइएको थियो ।

प्रतियोगिता अन्तर्गत मूलपानी क्रिकेट मैदानमा तय भएको दुबै खेल रद्द भएको थियो । वर्षाको कारण मूलपानीमा तय भएको गण्डकी प्रदेश र मधेश प्रदेशबीचको पहिलो खेल रद्द भएको थियो भने मूलपानीमै तय लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशबीचको खेल समेत टस नभई रद्द भएको छ ।

त्यस्तै टियु क्रिकेट मैदानमा तय भएको बागमती प्रदेश र प्रदेश-१ बीचको खेल पनि वर्षाका कारण रद्द भएको छ । प्रतियोगितामा तीन विभागिय, सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ६ : २६ बजे

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन