अमेरिकाद्वारा युक्रेनलाई थप सहयोगको घोषणा, अमेरिकी विदेशमन्त्री किभमा « Khabarhub

अमेरिकाद्वारा युक्रेनलाई थप सहयोगको घोषणा, अमेरिकी विदेशमन्त्री किभमा


२३ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले रुसी आक्रमणको सामना गरिरहेको युक्रेन र अन्य अमेरिकी साझेदारहरुका लागि थप झण्डै २ अर्ब ७० करोड अमेरिकी डलरको सहयोग घोषणा गरेको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले जर्मनीको रामस्टाइनमा रहेको अमेरिकी हवाई अखडामा यस्तो सहयोगको घोषणा गरेको बीबीसीले जनाएको छ ।

यसमध्ये युक्रेनलाई हातहतियारका लागि ६७ करोड ५० लाख डलर प्रदान गरिनेछ ।

नयाँ सहयोग प्याकेजमा हवित्जर तोपखाना प्रणाली, हम्भी बख्तरबन्द गाडीहरु, गोलाबारुद, एम्बुलेन्स र ट्यांकभेदी प्रणाली समावेश छन् ।अमेरिकाले यसअघि नै युक्रेनका लागि १३ अर्ब डलर सहयोगको घोषणा गरिसकेको छ ।

अमेरिकाको बाइडेन प्रशासनले दीर्घकाली सुरक्षा सुदृढीकरणका लागि युक्रेन र नेटोमा आबद्ध भएका वा नभएका युक्रेनका अरु १८ छिमेकी मुलुकहरुलाई २ अर्ब डलर सहयोग गर्ने घोषणा गरेको जनाइएको छ ।

बाइडेन प्रशासनले यसबारे कंग्रेसलाई जानकारी गराइने जनाएको छ । यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन भ्रमणका क्रममा राजधानी किभ पुगेका छन् ।

कुनै पूर्वघोषित योजनाबिना आकस्मिक रुपमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन युक्रेन पुगेका हुन् । रुसी आक्रमणविरुद्ध ऐक्यबद्धता जनाउन उनी युक्रेन पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ७ : १९ बजे

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले 

विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छ : प्रधानसेनापति सिग्देल

काठमाडौँ– प्रधानसेनापति अशोकराज सिग्देलले भोटेकोशी र बूढीगण्डकी करिडोरमा भएको विपद् प्रतिकार्यको

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा