अमेरिकाद्वारा युक्रेनलाई थप सहयोगको घोषणा, अमेरिकी विदेशमन्त्री किभमा « Khabarhub

अमेरिकाद्वारा युक्रेनलाई थप सहयोगको घोषणा, अमेरिकी विदेशमन्त्री किभमा


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले रुसी आक्रमणको सामना गरिरहेको युक्रेन र अन्य अमेरिकी साझेदारहरुका लागि थप झण्डै २ अर्ब ७० करोड अमेरिकी डलरको सहयोग घोषणा गरेको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले जर्मनीको रामस्टाइनमा रहेको अमेरिकी हवाई अखडामा यस्तो सहयोगको घोषणा गरेको बीबीसीले जनाएको छ ।

यसमध्ये युक्रेनलाई हातहतियारका लागि ६७ करोड ५० लाख डलर प्रदान गरिनेछ ।

नयाँ सहयोग प्याकेजमा हवित्जर तोपखाना प्रणाली, हम्भी बख्तरबन्द गाडीहरु, गोलाबारुद, एम्बुलेन्स र ट्यांकभेदी प्रणाली समावेश छन् ।अमेरिकाले यसअघि नै युक्रेनका लागि १३ अर्ब डलर सहयोगको घोषणा गरिसकेको छ ।

अमेरिकाको बाइडेन प्रशासनले दीर्घकाली सुरक्षा सुदृढीकरणका लागि युक्रेन र नेटोमा आबद्ध भएका वा नभएका युक्रेनका अरु १८ छिमेकी मुलुकहरुलाई २ अर्ब डलर सहयोग गर्ने घोषणा गरेको जनाइएको छ ।

बाइडेन प्रशासनले यसबारे कंग्रेसलाई जानकारी गराइने जनाएको छ । यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन भ्रमणका क्रममा राजधानी किभ पुगेका छन् ।

कुनै पूर्वघोषित योजनाबिना आकस्मिक रुपमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन युक्रेन पुगेका हुन् । रुसी आक्रमणविरुद्ध ऐक्यबद्धता जनाउन उनी युक्रेन पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ७ : १९ बजे

समय सकिएपछि मतदान केन्द्र बन्द, प्रतिनिधिको असन्तुष्टि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी

बिन्दा पाण्डेको प्रश्न- आफ्नो छोराछोरीलाई १६ वर्षमा बिहे गर्ने अनुमति दिनुहुन्छ ?

काठमाडौं– बिहेको उमेर घटाउनुपर्ने विषयमा नेकपा एमालेका नेता डा. बिन्दा

महिला सुरक्षाको लागि ‘निलो बस’ को व्यवस्था भनेको मूर्खता हो : एमाले नेता पाण्डे 

काठमाडौं–  नेकपा एमालेकी नेता डा. विन्दा पाण्डेले नयाँ सरकारले यात्रामा

राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन

काँक्रेविहार– सडक डिभिजन सुर्खेतले आफ्नो कार्यक्षेत्रभित्र पर्ने विभिन्न राष्ट्रिय राजमार्गका

एआईमा सामसुङको विशाल लगानी

सियोल– कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विस्तारसँगै दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सले