काठमाडौँ- चीनमा शून्य कोभिड नीति अनुसार लामो समयदेखि कठोर लकडाउनमा परेका राजधानी बेइजिङका बासिन्दाहरुले आक्रोश पोख्न थालेका छन् ।
राजधानी बेइजिङमा स्थापना गरिएका ‘१५ मिनेट परीक्षण सेवा वृत्त’ आसपास मानिसहरुले आक्रोशपूर्ण नारा पेन्ट गर्दै आक्रोश पोखेका हुन् ।
आक्रोशित स्थानीयहरुले ‘मलाई स्वतन्त्रता देऊ, या मलाई मृत्यु देऊ’, ‘मूर्ख रोकथाम र नियन्त्रण’, ‘तीन वर्ष भयो, म लाटो भइसकेँ’ जस्ता नारा पेन्ट गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
यद्यपि सेन्सरसिप एवम् वाक् स्वतन्त्रतामाथिको लगामका बावजुद चिनियाँ नागरिकहरुले चिनियाँ शून्य कोभिड नीति एवम् कठोर लकडाउनको विरोध गरेको यो पहिलो पटक भने नरहेको जनाइएको छ । खासगरी चीनका युवा वर्ग यस्तो कठोर नीतिको विपक्षमा रहेको बताइन्छ ।
प्रतिक्रिया