लागुऔषधसहित नागढुङ्गाबाट एक जना पक्राउ « Khabarhub

लागुऔषधसहित नागढुङ्गाबाट एक जना पक्राउ


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले लागु औषध ब्राउन सुगरसहित नागढुङ्गाबाट एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पाँचथर फालेलुङ गाँउपालीका वडा नं ५ का २४ वर्षीय राकेश थाम्सुहाङलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

भारतको सिलगुडीबाट काठमाण्डौ आउँदै गरेको डब्लुबी २५ के २९४० नम्बरको यात्रुवाहक बसमा चेकिङ गर्ने क्रममा उनी पक्राउ परेका हुन् । उनका साथबाट ७.९ ग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

उनीविरुद्ध लागु औषध (नियन्त्रण) ऐन, २०३३ को कसूर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ९ : १४ बजे

उम्मेदवारबारे एमाले ओखलढुंगामा किचलो, जिल्ला कार्यालयमा तालाबन्दी, अध्यक्षले हात उठाए

ओखलढुंगा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनले

सर्वोच्चद्वारा बागमती किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्नेसम्बन्धी आफ्नै फैसला उल्ट्यायो

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको

महँगो म्युजिक भिडियो खेल्यो कि दुलही !

काठमाडौं – कलाकार राजाराम पौडेलले एक समय अन्तर्वार्तामा भनेका थिए–

बीवाईडी नाम दुरुपयोग गर्ने अनधिकृत डिजिटल प्लेटफर्ममाथि साइमेक्स इंकको कानुनी पहल 

काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी