सिट बाँडफाँटमा गठबन्धन दलहरु सहमति नजिक « Khabarhub

सिट बाँडफाँटमा गठबन्धन दलहरु सहमति नजिक


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तागठबन्धन आबद्ध दलहरु आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमतिको नजिक पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा सिट बाँडफाँटका विषयमा द्विपक्षीय र त्रिपक्षीय छलफल भएको र छलफलको विषय साँघुरिँदै गएको गठबन्धनको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए ।

बैठकमा चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिबारेमा छलफल भएको बताइएको छ । दलहरुलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबै दललाई सम्मानजनक र न्याय हुनेगरी कार्यदलले सिट बाँडफाँटको खाका बनाएको छ ।

कार्यदलले शीर्ष नेतृत्वलाई आज प्रतिवेदन बुझाउने भनिए पनि नेताहरुको व्यस्तताका कारण प्रतिवेदन बुझाउन नसकेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार बैठकबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव राष्ट्रपति कार्यालय, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल छुट्टछुट्टै कार्यक्रमका लागि भनेर निस्केकाले शीर्ष नेताको बैठक बस्न सकेन । बैठक भोलि दिउँसो ३ बजे पुनः बस्ने र थप छलफल हुने उनले बताए ।

गठबन्धनमा आबद्ध दलहरुले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलले सिट बाँडफाँटका सम्बन्धमा हालसम्म विभिन्न चरणमा छलफल गरी सहमतिको नजिक पुगेको जनाएको छ ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन रहेका छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ९ : २६ बजे

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह