लागुऔषधसहित मकवानपुरबाट चारजना पक्राउ | Khabarhub Khabarhub

लागुऔषधसहित मकवानपुरबाट चारजना पक्राउ


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – प्रहरीले बिहीबार लागुऔषधसहित मकवानपुरबाट चार जनालाई पक्राउ गरेको छ।

मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट विभिन्न प्रकारको लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको हो। प्रहरीले हेटौँडा–५ सिँचाईटोलबाट लागुऔषध नाइट्रोभेट, वनरेक्ससहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले सिँचाई टोल बस्ने ३१ बर्षीय धर्मेन्द्र खेम्काले आफ्नै घरमा लागुऔषध लुकाई छिपाई बिक्री गरिरहेको भन्ने विशेष सूचनाको आधारमा घरमा खानतलासी गर्दा लागुऔषध नाईट्रोभेट ३१६ ट्याब्लेट र वनरेक्स १०० एमएल को १४ बोतल फेला परेको हो।

मकवानपुरका एसपी गौतमका अनुसार निज खेम्कालाई नियन्त्रणमा लिई सोधपुछ पछि सोही स्थान बस्ने २६ बर्षीय रविन श्रेष्ठ र मकवानपुर भीमफेदी गाउँपालिका ५ घर भई हाल हेटौँडा–५ सिँचाईटोल डेरा गरी बस्ने ३० बर्षीय प्रमोद कार्की पक्राउ परेका छन्। कार्कीको कोठामा लागुऔषध नाइट्रोभेट एकहजार पाँचसय ४५ ट्याब्लेट र वनरेक्स १०० एमएल ६३ बोतल फेला पारिएको एसपी गौतमले बताए।

त्यस्तै पालुङबाट हेटौँडा आउदै गरेको बा २० च ६८ नम्बरको हुण्डाई कारलाई प्रहरी चौकी भैसैको टोलीले रोक्न खोज्दा भागेको र त्रिभुवन राजपथ अन्तर्गत भीमफेदी–१ बागझोरामा नियन्त्रण लिई चेकजाँच गर्दा कार भित्र पोका पारेको अवस्थामा १६० किलो लागुऔषध गाँजा बरामद गरेको मकवानपुरका एसपी बामदेव गौतमले जानकारी दिए।

प्रहरीले गाँजासहित कार चालक चितवन भरतपुर महानगरपालिका – २४ बस्ने ४३ बर्षीय टेक बहादुर गुरुङलाई पक्राउ गरेको छ। प्रहरीले गुरुङको साथबाट स्रोत नखुलेको एक लाख ३८ हजार रुपैयाँ बरामद गरेको जनाएको छ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ९ : ४१ बजे

अस्पतालमा जनशक्ति थप गर्ने नवनियुक्त मन्त्री यादवको निर्णय

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालहरूमा

भारतीय गृहमन्त्रीको चुनावी र्‍यालीमा युट्युबर कुटिए

नयाँदिल्ली – भारतको उत्तर प्रदेशस्थित रायबरेलीमा केन्द्रीय गृहमन्त्री तथा भाजपा

पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

पोखरा । पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन्।

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण

गण्डकी– गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बागलुङस्थित

वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा

काठमाडौं – विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम