एमाले : भक्तपुर १ बाट नवराज, २ बाट महेश बस्नेतलाई टिकट « Khabarhub

एमाले : भक्तपुर १ बाट नवराज, २ बाट महेश बस्नेतलाई टिकट


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट भक्तपुरमा टिकट पाउनेहरूको नाम सार्वजनिक भएको छ।

सोहीअनुसार भक्तपुर क्षेत्र नं १ मा नवराज गेलाल रहेका छन्। गेलाल यसअघि जिल्ला समन्वय समिति भक्तपुरका सभापति थिए। यस्तै, भक्तपुर क्षेत्र नं २ मा महेश बस्नेतको नाम सार्वजनिक भएको छ। उनी पार्टी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभामा पछिल्लो पटकको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए।

यस्तै प्रदेश सभा १ ख (भक्तपुर नगर) मा नारायणसुन्दर सिन्ताकल र १ क (चाँगुनारायण) मा मोहनवीर श्रेष्ठको नाम सार्वजनिक भएको छ। यस्तै प्रदेश सभा २ ख (मध्यपुर थिमि) मा चन्दनकृष्ण श्रेष्ठ र प्रदेश सभा २ क (सूर्यविनायक) मा किरण थापाको नाम सार्वजनिक भएको छ।

एमाले पार्टी भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले मंसिर ४ मा हुने निर्वाचनका लागि उनीहरुको नाम सार्वजनिक भएको पुष्टि गरे। ‘तर यो नै फाइनल नहुन सक्छ’, उनले भने, ‘भोलि यसमा तलमाथि पनि पर्न सक्छ।’

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ११ : ११ बजे

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित