रुस-युक्रेन युद्ध र मारिओपोलको पीडा | Khabarhub Khabarhub

रुस-युक्रेन युद्ध र मारिओपोलको पीडा


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रुसी सेनाले सामूहिक हत्या गरेको दक्षिणी युक्रेनको सहर मारिओपुल नजिक अहिले १५ सय भन्दा बढी चिहान खनिएका छन्। यसरी खनिएका चिहानको दृश्य सञ्चार माध्यममा छरपस्ट हुन थालेका छन्। सहरको उत्तर पश्चिममा चिहान भएको ठूलो खाली मैदान छ। युक्रेनी अधिकारी र प्रत्यक्षदर्शीका अनुसार त्यहाँ हजारौँ जनाको शव छ।

बन्दरगाहको सहर मारिओपुल रुसको सीमासँगै जोडिएको छ। यो बन्दरगाह रुसी सेनाले रणनीतिक लक्ष्यको स्थान पनि थियो। युद्ध सुरु भएदेखि नै यस स्थानमा बम खसाल्ने र जमिनको आक्रमण दुवै भएको थियो। लडाइँ लडिरहेको मारिओपोलले अन्ततः मे महिनामा आफूलाई रुसका सामु समर्पण गरेको थियो। त्यस समयसम्ममा त्यहाँ हजारौँ जनाको ज्यान गइसकेको थियो। सहरका प्राय स्थान क्षतविक्षत भइसकेका थिए।

अहिले संसारका धेरै सञ्चार माध्यमले स्याटलाइटबाट दृश्य लिन थालेका छन्। मारिओपुलमा शव गाडिएको तीन मुख्य स्थानको दृश्य लिइएको छ। जुन दृश्य साँच्चै हृदय विदारक मात्र होइन चिन्ताजनक पनि छ। स्टाइरी क्रायम, मनहुस र भाइन्होड्राइनमा भर्खर मात्र मान्छेको चहलपहल देखिँदै छ।

त्यहाँको एक अनुसन्धानकर्ताले त जुन यता मात्र १५ सय वटा नयाँ चिहान खनिएको बताएका छन्। युद्ध सुरु भएयता चार हजार ६ सय नयाँ चिहान खनिएको अनुमान गरिएको छ। यस भन्दा बाहिर थुप्रै शव लगेर फ्याँकिएको पनि जनाइएको छ।

युक्रेनी अधिकारीकै अनुमान अनुसार त्यहाँ २५ हजार भन्दा बढी मारिएका छन्। आफ्नै घरमा बसिरहेको अवस्थामा बम खसालेर मात्र पाँच हजारदेखि ७ हजारलाई मारिएको युक्रेनी अधिकारीको अनुमान छ। ध्वस्त भएका घरबाट रुसी सेनाले शव झिकेर अन्यत्र कतै लगेको प्रत्यक्षदर्शीले बताउन थालेका छन्। सहरमा पुग्दा कुहिएका कति शवको गन्ध आउन थालिसकेको छ।

ओल्गा सागिरोभाको डरलाग्दो कथाले नै मारिओपुलको वास्तविकतालाई प्रस्ट पारेको छ। रुसी सेनाले बमले घर उडाइदिँदा घर भित्र रहेका सबै मरेर उनी मात्र बचेकी थिइन्। उनका श्रीमान् र अभिभावक मरेका थिए। सहरका अन्य धेरै जना जस्तै उनलाई अहिले आफन्तको शव के भयो भन्ने समेत थाहा छैन।

निजी कम्पनीमा लेखापालको काम गर्ने ४८ वर्षीया ती महिला पति भालेरीसँगै दुई तले घरमा बसोबास गर्ने गरेकी थिइन्। बगैंचाले घेरिएको सुन्दर घर भित्रको उनीहरूको जिन्दगी साँच्चै सुखद थियो। अन्य वयस्क जस्तै उनीहरूको बच्चा पनि छुट्टी सकेका थिए।

मार्चमा युद्ध सुरु भएयता नै उनीहरूको दिनचर्या डरमा नै जित्ने गरेको थियो। सहरका अन्य भागमा घरमा भित्ता भत्किन थालिसकेका थिए। मानिसको मृत्युको समाचार सामान्य बन्न थालिसकेको थियो। हरेक रात एउटा कक्षमा उनीहरू रात बिताउँथे। अँगालोमा श्रीमतीलाई बेर्दै भालेरी भन्ने गर्थे, ‘ओल्गा डराउनु पर्दैन। यहाँ हामी सुरक्षित छौ।’

१० मार्चका दिन रुसी बमवारिको १५ औं दिन थियो। उनका ८० वर्षीय अभिभावकले ढोका ढकढक्याए। उनीहरू एकदमै आत्तिएका थिए। उनीहरूको घर बल्न थालेको रहेछ। त्यसपछि उनीहरूले त्यसै कक्षमा अभिभावक सुताउन खोजिन्। ती बुढापाकाले नमानेपछि मुख्य घरको बिछ्यौनामा नै सुत्ने व्यवस्था मिलाएकी थिइन्।

रातको साढे १० बजे भालेरीमाथि कतै गएका थिए। त्यहाँ धेरै असहज भएको तथा थकाइ मार्न आवश्यक भएको ठहर गर्दै उनी मूल घरमा गएका थिए । पत्नी ओल्गाले त त्यही रहन अनुरोध गरेकी थिइन्। भालेरीले आफूलाई केही नहुने तथा अप्ठेरो परेमा फेरि त्यही आउने बताए।

बिहान साढे तीन बजे उनले जहाजको आवाज सुनिन्। पछि थाहा पाइन् कि सिङ्गो घर नै उनको नजिकै बजारिएको रहेछ। ‘यो केही सेकेन्डको अन्तरमा भएको थियो। मलाई केही छिनमा संसारले थिचेको जस्तो भइसकेको थियो,’ ओल्गाले भनिन् ‘मेरा गोडा कापी रहेका थिए। यसै समयमा श्रीमान् कराएर ओल्गा मलाई बचाउ भनेर चिच्याइ रहेको आवाज मेरो कानमा ठोक्किएको थियो।’

ओल्गाले भालेरीलाई ६ फिट टाढा देखेकी थिइन्। तर, उनी त्यहाँ जान सक्ने अवस्था नै थिएन। त्या घर अझ भासिँदै गयो। केही क्षणमा नै भालेरी शान्त भए। ओल्गाको जिन्दगीमा एकै छिनमा सन्नाटा छायो।

ओल्गा त्यस समय एक्लै थिइन्। चिच्याइउँदा पनि सुन्ने कोही थिएन। कुनै छिमेकी टर्च लिएर आएको देखियो। त्यस स्थानमा गाडिने र भासिनेलाई निकाल्ने उनीहरूको प्रयास सफल हुन सकेन।

केही छिनपछि त उनको होस हवास नै उडेको थियो। घरहरू भत्किएका थिए। जताततै विस्फोटका आवाज सुनिएका थिए। ओल्गाले त्यसपछि आफू बाच्ने कुरामा नै ध्यान दिन थालिन्। त्यो समयसम्म उनलाई पनि धेरै कुराले छोपिसकेको थियो। एउटा च्यापोमा आफू परिसकेकी थिइन्। उनी निस्कने उपाय खोजिरहेकी थिइन्। उनको गोडा च्यापिएको थियो। केही समयपछि छिमेकीहरू आइपुगेर उनलाई मुस्किलले त्यहाँबाट बाहिर निकालेका थिए।

गोडा च्यापिएको अवस्थामा त्यहाँ बाट बाहिर निस्कँदा तीन ठाउँमा भाँच्चिएको थियो। यसलाई जोडेर उपचार गर्न पाँच महिना लागेको थियो। पाँच महिनाको आरामपछि उनी हिँड्न सक्ने भएकी छन्।

उनले आफ्नै अगाडि श्रीमान् मरेको देखिन्। अभिभावकको खबर थाहा छैन। जिउँदो भेटिने झिनो आशा केही समयसम्म राखेकी थिइन्। मोरिओपोलमा ज्यान बचाइ सकेको केही दिन पछि उनले अझ दुखद खबर थाहा पाइन्। उनको जिन्दगीमा त्यो दुर्घटना आएको तीन दिन अगाडि उनकी बहिनी र ज्वाइँको पनि ज्यान गइसकेको रहेछ।

‘बम पड्किँदा उनीहरू बगैँचामा बसेर कफी पिइ रहेका थिए,’ ओल्गाले भनिन्, ‘मैले केही दिनको अन्तरालमा आफ्ना नजिकका आफन्त गुमाएँ ,’ ओल्गाले भनिन्।

अहिले आर्मस्ड्रममा छोराछोरीसहित शरणार्थी जीवन बिताइरहेकी ओल्गा हिँडडुल गर्नसक्ने भएकी छिन्। अङ्ग्रेजी भाषाको ज्ञान लिई रहेकी उनी घरको सम्झना गर्न बगैँचामा हिँड्ने गरेकी छिन्। पुराना पीडा बिर्सिएर उनी अहिले मुस्कानसहित बाच्ने प्रयासमा छन्। तर, बारम्बार आफन्तको सम्झनाले उनलाई रुवाउने गरेको छ।

गएको गृष्मको मध्यसम्म उनले त्रासदीय जीवन बिताएको थिइन्। हरेक दिन मृत्युको डरले उनी अत्तालिएकी थिइन्। उनी बारम्बार पुरानो दिन सम्झने गरेकी छिन्। बच्चामा पतिको अनुहार देख्दै उनले चित्त बुझाउने गरेकी छिन्।

उनको आफन्तको शव भेटिएको छैन। मारिओपोल रुसी कब्जामा छ। त्यसै मारिओपोलका भत्किएका घरमा धेरै शव छन्। त्यसैमा ओल्गाका आफन्तको शव पनि रहेको अनुमान छ।

मार्च महिनाको सुरुवातमा पर्यावरण विद् भागोन नाट्साकानीयन आफ्नो बाबुको शव खोज्न हिँडेका थिए। त्यसपछि उनी सहितको धेरैको प्रयासले शव खोज्ने आपत्कालीन अन्त्येष्टिको योजना अघि बढाइएको थियो। उनी सहितको एउटा समूहले पाँच दिन लगाएर अन्त्येष्टिको काम गरेका थियो। एकै दिन एउटै समूहले १ सय देखि १ सय ५० शव समेत अन्त्येष्टि गर्ने गरेको थियो।

टाटीयानाले युद्धमा होमिएको आफ्नो छोरालाई गुमाइन्। भाइनहाड्रेनमा सामूहिक अन्त्येष्टिमा आफ्नो छोरालाई पनि उनले खोजेकी थिइन्। आफ्नै कारमा यात्रा गर्न रुचाउने र व्यापारी बन्न चाहने २६ वर्षीय यारोस्लाभको बारे उनलाई केही पनि थाहा छैन।

भ्लाडिमिर पुटिनले मारिओपुल लगायत सहरका धेरैलाई दिएको यो पिडालाई सायद इतिहासले कहिल्यै बिर्सने छैन। स्रोत : बीबीसी

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ८ : ५५ बजे

पाँचपोखरीमा स्वास्थ्य शिविर, पाँच हजार बढीले लिए सेवा

सिन्धुपाल्चोक – यहाँको पाँचपोखरी थाङपाल गाउँपालिकाको भोटेनाम्लाङ र थाङ्पालथापमा स्वास्थ्य

एनपीएल दोस्रो क्वालिफायर : कर्णालीविरुद्ध जनकपुर फिल्डिङमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत दोस्रो क्वालिफायरमा इलिमिनेटरको

सुन्तला किन्न व्यापारी बगैँचामै पुगेपछि किसान खुसी

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोकका अगुवा कृषक हुमनाथ लामिछाने यस

मेलम्चीको ‘पाइप लाइन’ काम शीघ्र पूरा गर्न निर्देशन

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी

मुख्यमन्त्री लामाबाट चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण

काठमाडौं– चन्द्रागिरि नगर अस्पताल थानकोटमा ‘भेन्टिलेटर’ सेवा सञ्चालनमा आउने भएको