एमाले अध्यक्ष ओलीद्वारा बधाई « Khabarhub

एमाले अध्यक्ष ओलीद्वारा बधाई


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गरेर प्रवासी नेपाली मञ्चले विश्वभरि एकताको सन्देश दिएकोप्रति खुसी व्यक्त गरेका छन् । पार्टीको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका नवनिर्वाचित कार्यसमितिलाई आज बधाई दिँदै उनले सर्वसम्मत नेतृत्व चयन भएकोप्रति खुसी व्यक्त गरेका हुन् ।

‘आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा आ–आफ्नो ठाउँमा गएर सक्रिय सहभागि हुनुहोस्”, उनले भने, “पार्टीलाई बलियो बनाउन तपाईँहरूको भूमिका महत्वपूर्ण छ ।’

अध्यक्ष ओलीले नवनिर्वाचित अध्यक्ष सञ्जय थापा, निवर्तमान अध्यक्ष भक्त गुरुङसहितका निवर्तमान तथा नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यलाई खादा लगाएर बधाई दिएका थिए ।

आइतबार काठमाडौँमा सम्पन्न भएको मञ्चको अधिवेशनबाट अध्यक्षमा सञ्जय थापा (अमेरिका) सर्वसम्मत चयन भएका थिए ।  उपाध्यक्षमा रमेश पाण्डे (अष्ट्रेलिया), सचिवमा हेम शेर्पा (स्पेन) र उपसचिवमा चानक पोखरेल (कतार) र कर्ण शाही (बेलायत) सर्वसम्मत चयन भएका थिए।

त्यसैगरी केन्द्रीय सदस्यमा अमेरिका महादेशबाट ढुण्डीराज पाण्डे, कुन्ती थापा, जानकी कार्की, पुरुषोत्तम बोहोरा र राजेन्द्र शिवाकोटी चयन भएका छन् भने युरोप महादेशबाट सरस्वती केसी, राजेन्द्र पुडासैनी, विमला भण्डारी, शिव बरुवाल, गोविन्द पौडेल, कल्पना त्रिपाठी, सुरेन्द्र थपलिया र हेमराज जोशी चयन भएका थिए ।

यस्तै मध्यपूर्व महादेशबाट बलराम गिरी, तीर्थ गौतम, ज्योति शर्मा महेश गिरी र कमलमणि भण्डारी तथा एसिया महादेशबाट सुरेश कार्की, डा सरोज कँडेल र सञ्जु केसी केन्द्रीय सदस्य चयन भएका छन् । 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : २७ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपत्र छपाइ आज सकिँदै

भक्तपुर– यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र

विद्युत प्राधिकरणले ‘एई साथी’ कार्यान्वयनमा ल्याउँदै 

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले प्रविधिको विकाससँगै प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी

कांग्रेस अनुशासन समितिको बैठक शुक्रबार बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी फागुन

रुकुमपूर्वमा प्रचण्डका ८४ घण्टा : जनयुद्धको स्मरणदेखि विकासको प्रतिवद्धतासम्म

रुकुमपूर्व– हिमाली हावा चलिरहेको पातीहाल्नाको सीमामा जब नेपाली कम्युनिष्ट पार्टीका

आईटी क्षेत्रमा नेपालले के गर्न सक्छ ? सुन्नुहोस् गगन थापाको ‘भिजन’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आईटीको क्षेत्रमा नेपालमा