एमाले अध्यक्ष ओलीद्वारा बधाई « Khabarhub

एमाले अध्यक्ष ओलीद्वारा बधाई


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गरेर प्रवासी नेपाली मञ्चले विश्वभरि एकताको सन्देश दिएकोप्रति खुसी व्यक्त गरेका छन् । पार्टीको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका नवनिर्वाचित कार्यसमितिलाई आज बधाई दिँदै उनले सर्वसम्मत नेतृत्व चयन भएकोप्रति खुसी व्यक्त गरेका हुन् ।

‘आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा आ–आफ्नो ठाउँमा गएर सक्रिय सहभागि हुनुहोस्”, उनले भने, “पार्टीलाई बलियो बनाउन तपाईँहरूको भूमिका महत्वपूर्ण छ ।’

अध्यक्ष ओलीले नवनिर्वाचित अध्यक्ष सञ्जय थापा, निवर्तमान अध्यक्ष भक्त गुरुङसहितका निवर्तमान तथा नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यलाई खादा लगाएर बधाई दिएका थिए ।

आइतबार काठमाडौँमा सम्पन्न भएको मञ्चको अधिवेशनबाट अध्यक्षमा सञ्जय थापा (अमेरिका) सर्वसम्मत चयन भएका थिए ।  उपाध्यक्षमा रमेश पाण्डे (अष्ट्रेलिया), सचिवमा हेम शेर्पा (स्पेन) र उपसचिवमा चानक पोखरेल (कतार) र कर्ण शाही (बेलायत) सर्वसम्मत चयन भएका थिए।

त्यसैगरी केन्द्रीय सदस्यमा अमेरिका महादेशबाट ढुण्डीराज पाण्डे, कुन्ती थापा, जानकी कार्की, पुरुषोत्तम बोहोरा र राजेन्द्र शिवाकोटी चयन भएका छन् भने युरोप महादेशबाट सरस्वती केसी, राजेन्द्र पुडासैनी, विमला भण्डारी, शिव बरुवाल, गोविन्द पौडेल, कल्पना त्रिपाठी, सुरेन्द्र थपलिया र हेमराज जोशी चयन भएका थिए ।

यस्तै मध्यपूर्व महादेशबाट बलराम गिरी, तीर्थ गौतम, ज्योति शर्मा महेश गिरी र कमलमणि भण्डारी तथा एसिया महादेशबाट सुरेश कार्की, डा सरोज कँडेल र सञ्जु केसी केन्द्रीय सदस्य चयन भएका छन् । 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : २७ बजे

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका