‘महापुरूष’ को नयाँ गीत पर्खाल सार्वजनिक « Khabarhub

‘महापुरूष’ को नयाँ गीत पर्खाल सार्वजनिक


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदर्शनरत फिल्म ‘महापुरूष’ नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘पर्खाल’ बोलको गीत हरिवंश आचार्य र गौरी मल्ल केन्द्रीत छ । उनीहरूबीचको सामीप्यतालाई गीतमा देखाइएको छ । 

गीतमा राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, कोपिला थापा, मदनकृष्ण श्रेष्ठ पनि फिचर्ड छन् । गीतमा अरुण र अञ्जनाको बढ्दो प्रेमसमेत देख्न सकिन्छ । गीतमा शान्तिम कोइरालाको स्वर, कल्याण सिंहको संगीत र नवराज पराजुलीको शब्द छ ।

गीतले एक्लोपनमा रहेका हरिवंशको अव्यक्त इच्छा र चाहनालाई समेटेको लेखकसँगै निर्देशक रहेका प्रदीप भट्टराई बताए । ‘हरिदाइको फेरिँदो समय र व्यक्त नगरिएका चाहनालाई उहाँको अनुहारमा देख्न सकिन्छ । गीतलाई थियटरमा नाटक मञ्चन भइरहेको सन्दर्भमा जोडिएको छ’, निर्देशक भट्टराईले भने । फिल्ममा यही गीतबाट ट्विस्ट सुरु हुन्छ । गायक कोइरालाले गीतले फिल्मको कथासारलाई व्यक्त गर्ने बताए ।

फिल्म नेपालसहित अमेरिका र अस्ट्रेलियामा प्रदर्शन भइरहेको छ । फिल्म हेर्ने दर्शकले ‘मास्टरपिस’ भनेका छन् । यसैले गर्दा फिल्मको व्यापार पहिलो साताभन्दा दोस्रो साता बढ्दो छ । साथै दिउँसोदेखि साँझसम्मका प्रायः शो लगभग हाउसफूल भइरहेका छन् ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन् ।

फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोवास गर्ने अवकासप्राप्त शिक्षकमार्फत पिता र एकल पुरुषसँगै एक्लोपन कथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अस्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १२ : ०४ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा