प्रकाशमानलाई मतदाताको प्रश्न- मेलम्चीको पानी कहिले आउँछ ? « Khabarhub

प्रकाशमानलाई मतदाताको प्रश्न- मेलम्चीको पानी कहिले आउँछ ?


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं.१ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहलाई मतदाताले मेलम्चीको पानीलाई लिएर गुनासो गरेका छन् । 

आज आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै हिँडेका सिंहलाई मतदाताले ‘मेलम्चीको पानी कहिले आउँछ ? प्रश्न गरेका थिए । 

मतदाताले मेलम्ची पानीको बारे गुनासो गरेको बताउदैन आफूले जनतालाई केही समय कुरिदिन आग्रह गरेको सिंहले बताए । सिहंले विगत ५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जित्न सफल भएको दाबी समेत गरे । 

काडमाडौं क्षेत्र नं. १ का मतदाताले आफूलाई तीन पटक विश्वास गरेको तर सुरुको दुई पटक संविधान र्निमाणमा व्यस्त रहनु परेकाले भौतिक विकासमा त्यति समय दिन नसके उनले बताएका थिए । 

संविधान निर्माण पछि भने यस क्षेत्रमा हरेक प्रकार विकासका गतिविधि अगाडि बडाएको सिंहले जनाए । ‘हरेक टोल टोलमा कुनै न कुनै प्रकारको विकासको योजना पुर्‍याएको छु,’ उनले भने । 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १२ : ३६ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र