अमेरिकामा मध्यावधि निर्वाचन हुँदै « Khabarhub

अमेरिकामा मध्यावधि निर्वाचन हुँदै


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा मध्यावधि निर्वाचन हुँदैछ । यस निर्वाचनमा अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको ४३५ तथा माथिल्लो सदन सिनेटको ३५ सिटका लागि उम्मेदवारहरु प्रतस्पिर्धामा छन् । यसबाहेक ३६ राज्यमा गभर्नरहरुको पनि चुनाव हुँदैछ ।

अमेरिकाका केही राज्यहरुमा निर्वाचनको दिनअघि नै हुलाकमार्फत् मतदान गर्न मिल्ने व्यवस्था रहेपनि अधिकांश अमेरिकी मतदाता आजै मतदान केन्द्रमा पुगेर मतदान गर्दैछन् । पूर्वी अमेरिकाको आन्ध्र महासागरीय तट क्षेत्रमा रहेका राज्यहरुमा बिहान सबेरै ५ बजेबाट मतदानको व्यवस्था गरिएको छ ।

यस मध्यावधि निर्वाचनले राष्ट्रपति जो बाइडेनको लोकप्रियताको जाँच गर्ने टिप्पणी गरिएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार हाल दुबै सदनमा अल्पसङ्ख्यक दल रहेको रिपब्लिकन पार्टीले तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा सबैभन्दा धेरै सिट जित्ने आँकलन गरिएको छ ।

यद्यपि सिनेटका लागि भने डेमोक्र्याटिक र रिपब्लिकन पार्टीबीच तीव्र प्रतिस्पर्धा हुने अमेरिकी सञ्चारमाध्यमले आँकलन गरेको बीबीसीले उल्लेख गरेको छ ।

यस निर्वाचनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता पनि जाँच गर्ने विश्लेषण गरिएको छ । केही दिनअघिमात्रै अमेरिकी सञ्चारमाध्यमले सन् २०२४ का लागि हुने राष्ट्रपतीय निर्वाचनका लागि ट्रम्पले केही दिनभित्रै औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने जनाएका थिए ।

निर्वाचनको पूर्ण परिणाम आउन भने केही दिनसम्म लाग्न सक्ने बताइएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ३ : ३५ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा