५० प्रतिशत कैद भुक्तान भएका थुनुवा मुद्दामा छुट्टै सुनुवाइ गरिने « Khabarhub

५० प्रतिशत कैद भुक्तान भएका थुनुवा मुद्दामा छुट्टै सुनुवाइ गरिने


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतले विचाराधीन थुनुवा रहेका मुद्दामध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका थुनुवाका मुद्दा पहिचान गरी त्यस्ता मुद्दालाई निश्चित दिन छुट्टै पेसी चढाई सुनुवाइ गर्ने भएको छ ।

अदालतले त्यस्ता मुद्दाको समूह स्थगित नहुने गरी अभियानका मुद्दासरह पेसी व्यवस्थापन गरी सुनुवाइ गर्ने प्रबन्ध मिलाउने निर्णय सर्वोच्च अदालतको पूर्ण बैठकले गरेको हो ।

सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ११३ बमोजिम गठित मुद्दा व्यवस्थापन समितिको सिफारिसबमोजिम यही कात्तिक १६ गते बसेको पूर्ण बैठक (फूलकोर्ट)ले उक्त निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

सर्वोच्च अदालतमा विचाराधीन रहेका प्रतिवेदनको सुनुवाइ हप्ताको एकदिन शुक्रबार मात्र हुने गरेको थियो । एक दिन १ः३० बजेसम्म मात्र सुनुवाइ गर्दा त्यस्ता प्रतिवेदनको अपेक्षितरूपमा फर्छ्योट हुन नसकी सङ्ख्या बढ्दै गएकाले प्रत्येक हप्ताको शुक्रबारका दिन प्रतिवेदनको सुनुवाइका लागि दुईवटा छुट्टै इजलास तोकी पूरा समय सुनुवाइ गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले तत्कालीन पुनरावेदन अदालत तथा उच्च अदालतमा न्यायाधीशको हैसियतले कार्यरत हुँदा मुद्दाको रोहमा प्रत्यार्थीलाई झिकाउने आदेश गरेको वा अन्तरिम आदेश जारी गरेको भए पनि सर्वोच्च अदालतमा सो मुद्दाको सुनुवाइ गर्नेसमेत निर्णय गरेको छ ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रत्यार्थी झिकाउने आदेश गर्दा स्पष्ट राय वा इन्साफमा फरक पर्नसक्ने प्रकृतिको तथ्यमा प्रवेश गरी आदेश गरिएको नभएमा सो आदेश गर्ने तथा अल्पकालीन अन्तरिम आदेश वा अन्तरिम आदेशमा स्पष्ट राय व्यक्त नगरी आदेश जारी गर्ने न्यायाधीशले समेत त्यस्ता मुद्दाको सुनुवाइ गर्ने बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : ०६ बजे

लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट लागूऔषधसहित

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

खोटाङ– करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन दुई

उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

सुनसरी– धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं– धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को

तीन दिनपछि खुलेको बिपी राजमार्ग फेरी बन्द

काभ्रेपलाञ्चोक– बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि बिहान १० बजेसम्म