निर्वाचन नतिजा समीक्षा गर्दै लोसपा | Khabarhub Khabarhub

निर्वाचन नतिजा समीक्षा गर्दै लोसपा


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमा‍डौँ – लोकतान्त्रिक समाजवादी पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ।

लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो। विसं २०७४ को निर्वाचनमा धनुषा–३ बाट नेता महतोले चुनाव जितेका थिए।

यसपटको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झालाई छाडेर सर्लाही–२ बाट चुनाव लडेका थिए तर धनुषा–३ मा झा र सर्लाही–२ मा महतो दुवैजना पराजित भए।

नेता झालाई एमालेकी जुली महतोले पराजित गरेको हो भने महतोलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले पराजित गरे। धनुषा–३ महतोको पुरानो चुनावी क्षेत्र भएको कारणले उनलाई पनि बैठकमा सहभागी गराई समीक्षा सुरु गरिएको लोसपाका नेता मनोज चौधरीले जानकारी दिए।

सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेता झा कसरी पराजित भए भन्नेबारेमा समीक्षा भइरहेको उनले बताए।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  १० : ०६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन