सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर सडक कालोपत्रे  « Khabarhub

सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर सडक कालोपत्रे 


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- धनक्टाको सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर सडक कालोपत्रेको तयारी भएको छ । सडक निर्माणका लागि ७२ प्रतिशत काम सम्पन्न भएपछि कालोपत्रेको लागि तयारी भएको हो । हिउँदमा धुलाम्य र वर्षातमा हिलाम्य सडकको पीडाले ग्रसित बन्दै आएका यस क्षेत्रका नागरिक सडक कालोपत्रे भएपछि हर्षित बनेका छन् । करिब तीन दशकअघि ट्रयाक खोलिएको सडक कालोपत्रे नहुँदा नागरिकहरूले सास्ती भोग्दै आएका थिए ।

कोसी राजमार्गसँगै जोडिएको सिधुवा शुक्रबारे ओख्रे सडक कालोपत्रे हुने भएपछि नागरिकको अवस्था फेरिने भएको छ । ९ मंसिर २०७६ मा प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका थिए । सडकमा यतिबेला तीव्र रूपमा कालोपत्रे भइरहेको छ । ओएसिस इन्जिनियर्स एन्ड बिल्डर्स प्रा.लि.ले सडक निर्माणको काम गर्दै आएको छ । 

सडकमा कटिङ, ग्याबिङ,नालि निर्माणलगायतका काम सम्पन्न गरेसँगै कालोपत्रेका लागि तयारी भएको कम्पनीका इन्जिनियर मिनराज तामाङले बताए । उनका अनुसार आगामी असारसम्ममा सधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर सडक कालोपत्रे निर्माण कार्य सम्पन्न गर्न कम्पनी लागिपरेको छ । 

यो सडक ७० करोड लागतमा कालोपत्रे भइरहेको छ । सडक बनेपछि जिल्लाको छथर क्षेत्रका साथै छिमेकी जिल्ला धनकुटा र पाँचथरका नागरिकहरूले सेवा पाउने भएका छन्। दैनिक चारवटा बसका साथै साना तथा ठूला सवारीसाधान सञ्चालन हुँदै आएका छन् ।

सडक सञ्चालनमा समस्या हुँदा वर्षौँदेखि भोग्दै आएको समस्याबाट मुक्त पाएको स्थानीय शुक्रराज लिम्बूले बताए । उनी भन्छन्, ‘हिउँदमा धुलाम्य र वर्षातमा हिलाम्य हुने सडक कालोपत्रे भएपछि हामीले विगतमा भोग्दै आएको समस्या समाधान हुने भएको छ ।

 सडक सञ्चलनमा समस्या हुँदा हामीले गाउँमा बिरामी हुँदा बोकेरै सिधुवा पुर्‍याउनुपर्ने बाध्यता पनि हट्ने भएको छ । ’सडक निर्माणसँगै सवारीसाधान सञ्चालनका साथै स्थानीयस्तरमा उत्पादन भएको कृषिजन्य वस्तु दुग्ध पदार्थ ढुवानीमा सहज बन्ने भएको छ । 

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  १२ : ३८ बजे

नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट

गण्डकी– गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह

राष्ट्रियसभा सांसद भन्छन्- राजनीतिक दललाई दोषि देखाएर भ्रम छरियो

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको

चुनाव लक्षित गर्दै भारतले दियो सरकारलाई ६५० वटा गाडी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय