जङ्गली हात्तीको आक्रमण बढ्दो « Khabarhub

जङ्गली हात्तीको आक्रमण बढ्दो


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरमा पछिल्ला केही वर्षयता जङ्गली हात्तीको आक्रमण बढ्दो छ । बर्सेनि जङ्गली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा समेत नोक्सानी पुग्ने गरेको छ । 

जङ्गल नजिकै मानव बस्ती भएकाले हरेक वर्ष हात्तीको आक्रमणबाट मानवीय क्षति हुने गरेको छ । मङ्गलबार साँझ बेदकोट नगरपालिका-१ स्थित हात्तीथलाका हीरादेवी धानुकको हात्तीको आक्रमणमा परी मृत्यु भयो । घर नजिकैको सामुदायिक वनमा दाउरा लिन गएका बेला उनीमाथि हात्तीले आक्रमण गरेको हो ।

गत भदौमा पनि शुक्लाफाँटा नगरपालिका-७ की २२ वर्षीया मीना जोशीको खेतमा काम गरिरहेका बेला हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तथ्याङ्कानुसार जङ्गली हात्तीको आक्रमणबाट तीन वर्षको अवधिमा सात जनाले ज्यान गुमाएका छन् ।

निकुञ्ज कार्यालयका अनुसार विसं २०७७ मा दोधारा चाँदनी नगरपालिका-२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको हात्तीको आक्रमणबाट मृत्यु भयो । त्यसैगरी विसं २०७८ मा शुक्लफाँटा-१  बन्साहका एक पुरुष र एक महिलाको हात्तीको आक्रमणबाटै मृत्यु भयो । त्यसैगरी लालझाडी गाउँपालिका चान्देउका एक पुरुषको पनि हात्ती आक्रमणमा परी मृत्यु भयो ।

यस वर्ष पनि कञ्चनपुरमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ भने एक घाइते भएका छन् । हात्तीको आक्रमणबाट मानिसमात्रै होइन, किसानको अन्नबाली र घरमा समेत क्षति हुने गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै भारतसँग जोडिएको दुधुवा नेशनल पार्कबाट आउने हात्तीले यहाँ क्षति गर्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले पछिल्लो १० वर्षयता कञ्चनपुरमा हात्तीको आक्रमण बढ्न थालेको बताए । उनले हात्तीको बासस्थान साँघुरिँदै गएको र हात्ती हिँड्ने बाटोमा बस्ती बनेपछि हात्तीको आक्रमण बढ्न थालेको बताए । ‘हात्ती हिँड्ने करिडोरमा बस्ती बसेको बासस्थान साँघुरिँदै गएको छ’, उनले भने, ‘हात्ती एकै ठाउँमा बस्दैन घुमफिर गरिरहने भएकाले उसको हिँड्ने बाटोमा आक्रमण गर्ने गरेको छ ।’

उनले हात्ती एकै रातमा पाँच-सात किलोमिटरसम्म हिँड्ने गरेको बताए। ‘हाम्रो यहाँ वनजङ्गल कम छ, हात्ती भारतको दुधुवा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्छन्, त्यो बीचमा धेरै बस्ती छन्’, उनले भने, ‘मानिसले पनि सावधानी नअपनाउँदा क्षति हुने गरेको छ ।’

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  १ : १३ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी