विकासको मूल प्रवाहमा छैनन् नरैनापुरवासी « Khabarhub

विकासको मूल प्रवाहमा छैनन् नरैनापुरवासी


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– दुर्गम मानिने बाँकेको नरैनापुर गाउँपालिकाका स्थानीय विकासको मूल प्रवाहमा आउन सकेका छैनन् । सडक पूर्वाधार विकास भए पनि यहाँ साक्षरताको अभावले स्थानीय परम्परागत मान्यता र विश्वासका आधारमा जीविकोपार्जन गरिरहेका छन् । कृषि र पशुपालनलाई प्रमुख पेशा बनाएका उनीहरूको आम्दानीको कुनै दरिलो स्रोत छैन ।

खरले निर्माण भएका फुसका घर र बालबालिका धुलाम्मे भएर खेलिरहेको दृश्यले यो स्थानमा सरकार भएको वा नभएको कुनै अनुभुति हुँदैन । स्थानीय सरकार विगतको तुलनामा अहिले विकासले गति लिएको जिकिर गरिरहेको छ । नरैनापुर-५ मटहैयाका विनय दीक्षितले अहिले नरैनापुर आउन भारतीय सडकको प्रयोग गर्ने अवस्थाको अन्त्य भएको उल्लेख गर्दै साक्षरताको अभावले यहाँको विकासले गति लिन नसकेको जानकारी दिए ।

स्थानीय सरकार निर्माण भए पनि प्रभावकारीरूपमा काम गर्न नसेकेको गुनासो गर्दै उनले अनुत्पादक ठाउँमा स्थानीय सरकारले बजेट खर्च गरेको आरोप लगाए । दीक्षितले भने, ‘धार्मिकस्थलमा बढी बजेट खर्च भएको छ, त्यसले परिणाम दिएको छैन ।’ नगदे बालीका रूपमा उखुखेती र फलफूल खेती गरेर पनि स्थानीयवासीले आम्दानीको स्रोत बढाउन सक्ने बताइएको छ ।

उनले औद्योगिक ग्राम निर्माण गर्ने ठाउँमा रङ्गशाला निर्माण भएको जानकारी दिँदै लगानीअनुसारको प्रतिफल पाउन नसकेको र कृषिमा भएको लगानी खेर गएको बताए । सिँचाइको अभाव हटाउन स्थानीय नहरलाई प्रयोगमा ल्याउन सकिने र त्यसबाट उत्पादनमा वृद्धि गर्न सकिने बताइन्छ। विद्युतीकरण भएपछि मोटर चलाएर गहुँलगायतका खेतीमा सिँचाइ गरे पनि त्यसको प्रभावकारिता देखिएको छैन ।

गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले पाँच वर्षअघिको गाउँपालिका र अहिलेको गाउँपालिकामा भिन्नता आएको उल्लेख गर्दै सडक पूर्वाधारको विकास भएको बताए । उनले भने, ‘विद्युतीकरण भएको थिएन, त्यसको व्यवस्थापन गरिएको छ र शिक्षाको विषयलाई प्राथमिकता दिइएको छ ।’

अध्यक्ष साहले बालबालिकाको सङ्ख्या बढ्दै गएकाले विद्यालय वा मदरसामा बसेर पढ्ने स्थानको अभाव भएको उल्लेख गर्दै सरकारसँग शिक्षाको विषेश प्याकेज माग गरेको बताए । सो गाउँपालिकामा मदरसासहित ४४ विद्यालय छन् ।

अहिले पनि यहाँको आधारभूत आवश्यकताका लागि भारतीय बजारमा निर्भरता रहेको र कृषिमा समेत परनिर्भरता नघटेको बताइएको छ । स्थानीयको आम्दानी स्रोत बढाउन पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालनका लागि पहल भइरहेको उल्लेख गर्दै अध्यक्ष साहले उद्योग स्थापनाका लागि पनि छलफल भइरहेको बताए ।

उनले नरैनापुरलाई अगैया बजारसँग जोडेपछि गाउँपालिकाको विकास तीव्र हुने जनाउँदै शिक्षा, स्वास्थ्य र सडक निर्माणपछि नरैनापुरका स्थानीय विकासको लयमा फर्कने विश्वास रहेको उल्लेख गरे । नरैनापुर-६ कुदरवेटवाका त्रिभुवनप्रसाद यादवले नरैनापुरको विकास सुस्तगतिमा भइरहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्यमा पहुँच बढेको बताए ।

तराईमा भएका स्थानीयवासीको अर्थावस्था कमजोर भएकाले खरले छाएका फुसका घर रहेको औँल्याउँदै उहाँले सरकारले पनि फुसका घर हटाउने नीतिअनुसार ती घरलाई विस्थापन गरेर टिनले छाएको घर निर्माणमा जोड दिएको बताए । यादवले भने, “अब सहरी विकासको योजना अघि सारेर मात्रै सहरीकरणलाई बढवा दिन सकिन्छ ।”

यस गाउँपालिकामा मुस्लिम समुदायको बाहुल्यता छ । नेपालगञ्ज बजारबाट करिब ४६ किलोमिटर पूर्व दक्षिणमा पर्ने गाउँपालिका साविकका छ गाविस मिलेर गाउँपालिका भएको थियो । नरैनापुरको उत्तरतर्फ राप्तीसोनारी गाउँपालिका, दक्षिणतर्फ भारतको सिमाना, पश्चिमतर्फ बाँकेको डुडुवा गाउँपालिका र पूर्वतर्फ पनि भारतको सिमाना पर्छ ।

– युवराज पाण्डे रासस

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  २ : १३ बजे

जापानद्वारा कीर्तिपुर आँखा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ- जापान सरकारले कीर्तिपुर आँखा अस्पतालका डाइबेटिक रेटिनोप्याथीका बिरामीका लागि

म्यान्मारको हुन्टा सरकारद्वारा मुलुकमा जारी सङ्कटकाल थप छ महिना लम्ब्याउने घोषणा

काठमाडौँ- म्यान्मारको सैन्य सरकारले देशमा जारी रहेको सङ्कटकालीन अवस्थालाई थप

अख्तियारद्वारा अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायसहित

प्रधानमन्त्री प्रचण्डद्वारा अतिविशिष्ट व्यक्ति सुरक्षा प्रदर्शनीको अवलोकन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अतिविशिष्ट व्यक्ति सुरक्षा विशेष

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै सर्वोच्चमा रिट

 काठमाडौँ- राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै सर्वोच्च अदालतमा