‘एमाले सरकार गठनको दौडमा छैन’ « Khabarhub

‘एमाले सरकार गठनको दौडमा छैन’


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएको छ । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गरे। 

उनले भने, ‘अहिलेको संसद्मा एमाले प्रतिपक्षमा रहन्छ ।’अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले एकभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताए । संसद्मा कुनै पनि दलको बहुमत नपुग्दा सरकारले परिणाम दिने गरी काम गर्न नसक्ने उनको भनाइ थियो ।

देशमा आर्थिक र राजनीतिक संकट देखा परे कांग्रेस र एमालेबीच सहकार्य हुनसक्ने उनले बताए । निर्वाचनमा जनताले पुराना ठूला पार्टीलाई सजग गराउन खोजेको भन्दै उपाध्यक्ष पाण्डेले अब ठूला पुराना पार्टी सच्चिनुपर्ने अवस्था आएको बताए । ‘एमाले र कांग्रेस सच्चिनुपर्छ’, उनले भने।  

उनले भने, ‘जनता हिजोदेखि स्थापित पार्टीको पक्षमा देखिए पनि खबरदारी गरेको पाइयो ।’ तत्काल वाम एकता सम्भव नरहेको उपाध्यक्ष पाण्डेको भनाइ छ ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सबै दलले आफ्नो मत गुमाउन पुगेकाले अबको राजनीति सहज नहुने उनले बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  २ : २९ बजे

सहकारी व्यवस्थापनमा सक्रिय नमोबुद्ध

काठमाडौँ – नमोबुद्ध नगरपालिकाले पालिकाभित्रका सहकारी संस्थाका व्यवस्थापकलाई सहकारी तथा

पूर्वकमलरी र कमैयालाई आर्थिक सहयोग गर्छौँ : मुख्यमन्त्री गिरी

काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पूर्वकमलरी र कमैयालाई

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश

काठमाडौँ – सत्ता साझेदार दलको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको

एमालेलाई कमजोर बनाउने षडयन्त्र रच्दै छन् : ओली

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

‘सफा हिमाल अभियान २०२३’ को ‘फ्ल्याग–अफ सेरोमोनी’ सम्पन्न

काठमाडौँ – नेपाली सेनाको अगुवाईमा जैविक विविधता तथा पर्यावरण संरक्षण