पार्टीभित्रको खबरदारी स्वाभाविक : रवि लामिछाने « Khabarhub

पार्टीभित्रको खबरदारी स्वाभाविक : रवि लामिछाने


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको खबरदारी स्वाभाविक भएको बताएका छन् ।

भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले पार्टी विधि र पद्धतिभन्दा बाहिर गएर कुनै पनि निर्णय नहुने बताए । बढी मत आएकालाई छाडेर कम मत आएकाहरूलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाले रास्वपा कार्यालयमा आज विरोध प्रर्दशन गरेका थिए । सभापति लामिछानेले नेता कार्यकर्ताको विरोध नभएर नेतृत्वलाई सचेत बनाउन खबरदारी गरेको उल्लेख गरे ।

“हाम्रो पार्टीमा पनि पुरानै राजनीतिक अभ्यास हुन्छ कि भनेर साथीहरूले सचेत गराउनुभएको हो”, उनले भने, “ताली बजाउने र गुनगान मात्र गाउने होइन खबरदारी गर्नुपर्छ ।” प्रणालीभन्दा माथि कुनै व्यक्ति नहुने भन्दै उनले समानुपातिक सांसद छनोट पारदर्शी रूपमा हुने बताए । पार्टीभित्र कोही पनि तलमाथि नभएको उल्लेख गर्दै उनले भने, “मैले नै खबरदारी गर्नुहोला भनेको छु, जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन, कोही आत्तिनुपर्ने पनि छैन ।”

सरकारबारे नसोचेको भन्दै उनले एजेण्डा ठूलो कुरा भएको र सरकार प्राथमिकतामा नराखेको धारणा राखे।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  १० : १८ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती