एमाले धनकुटा अध्यक्षमा पराजुली सर्वसम्मत चयन « Khabarhub

एमाले धनकुटा अध्यक्षमा पराजुली सर्वसम्मत चयन


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा – नेकपा एमाले धनकुटाको सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत निर्वाचित भएका छन् ।

अध्यक्ष पराजुलीसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षसहित पदाधिकारीमा अरु कसैले मनोनयन दर्ता नगराएका कारण सर्वसम्मत भएका छन् ।

उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र दुई उपसचिवमा शिव आङ्ला र सुष्मा राई सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटीमा सदस्यतर्फ पनि सर्वसम्मत चयन भएको छ ।

शुक्रबारदेखि जारी अधिवेशनमा अध्यक्षका दाबेदार तामाङ, राई र आङ्लाले आकांक्षा राखेको भए पनि उनीहरुलाई क्रमश उपाध्यक्ष, सचिव र उपसचिव बनाएर पराजुलीलाई सर्वसम्मत अध्यक्ष बनाएको हो । सुरुमा ४ जनाले दाबी गरेको भए पनि अन्तिम समयमा आएर पराजुली र राईले अध्यक्षमा दाबी गरेका थिए । अन्तिममा सहमतिमा जिल्ला कमिटी घोषणा गरिएको हो ।

जिल्ला अधिवेशनमा ७ वटा स्थानीय तहबाट करिब ९ सय प्रतिनिधि सहभागी भएका थिए । जिल्ला कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य सहभागी गराइने जनाइएको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ९ : ४४ बजे

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा

राजस्व सुधारमा सरकारको योजना : निष्क्रिय धरौटी रकम परिचालनदेखि ई-बिलिङ र १३९ कोष एकीकरणसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको

दलीय ट्रेड युनियनहरू खारेज गर्ने बालेन सरकारको घोषणा

काठमाडों – सरकारले सार्वजनिक प्रशासनमा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य

भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम : १५ दिनभित्र शक्तिशाली ‘सम्पत्ति छानबिन समिति’ बनाइने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले