बैतडी एमालेको नेतृत्वका लागि पाल र चन्दको प्यानलसहित उम्मेदवारी दर्ता « Khabarhub

बैतडी एमालेको नेतृत्वका लागि पाल र चन्दको प्यानलसहित उम्मेदवारी दर्ता


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – नेकपा (एमाले) बैतडी जिल्ला अधिवेशन अन्तर्गत सबै पदका उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् । मनोनयन शनिबार साँझ ७ बजेदेखि १० बजेसम्म दर्ता गरिएको छ ।

पार्टीको जिल्ला पदाधिकारीका लागि सुरेन्द्र पाल र गोरख बहादुर चन्दले प्यानलसहित उमेदवारी दर्ता गराएका छन् । पाल प्यानलबाट उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की तथा उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारीले उमेदवारी दिएका छन् ।

यसैगरी चन्द प्यानलबाट उपाध्यक्षमा भरतसिंह महरा, सचिवमा सन्तोषप्रकाश जोशी तथा उपसचिवमा भगिरथसिंह कुँवर र जनकबहादुर चन्दले उमेदवारी दिएका छन् ।

सहमतिमा निर्वाचन सम्पन्न गर्न दुई दिनसम्म छलफल गरिए पनि सहमति नहुँदा अन्ततः चुनावी प्रक्रिया सुरु गरिएको हो ।

आजै बिहान ११ बजेबाट मतदान हुनेछ भने जिल्लाभरीबाट ५ सय ३५ जना प्रतिनिधिहरुले मतदान गर्नेछन् ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ९ : ४९ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा