कतारमा ३४ सयभन्दा बढी नयाँ संक्रमित थपिए, स्वास्थ्य मापदण्ड पालना नगर्ने ११ सय बढी कारबाहीमा « Khabarhub

कतारमा ३४ सयभन्दा बढी नयाँ संक्रमित थपिए, स्वास्थ्य मापदण्ड पालना नगर्ने ११ सय बढी कारबाहीमा


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार मात्रै ३ हजार ४८७ नयाँ संक्रमित थपिएका छन्। तीमध्ये २ हजार ७९४ समुदायभित्रकै संक्रमित हुन् भने ६ सय ९३ विदेशबाट फर्केका यात्रु हुन्। योसँगै कतारमा संक्रमितको संख्या २ लाख ६६ हजार ९६२ पुगेको छ ।

यस अवधिमा ४११ जना संक्रिमत निको भएका छन्। योसंगै निको हुनेको संख्या पनि २ लाख ४७ हजार ५५३ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म कतारमा ६१८ जनाले कोभिड संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

यो समाचार तयार पार्दासम्म कतारमा सक्रिय संक्रमितको संख्या १८ हजार ७९१ रहेको छ भने ५३२ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् । तीमध्ये ४८ जनाको आईसीयूमा उपचार भइरहेको जनाएको छ ।

स्वास्थ्य मापदण्ड पालना नगर्ने १ हजार १४० जनालाई कारबाही

संक्रमण तीव्र रूपमा फैलिएपछि कतारको आन्तरिक मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना नगर्नेहरु बिरुद्धको कारबाहीलाई तीब्रता दिएको छ ।

मन्त्रालयका अनुसार शनिबार मात्र कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने १ हजार १४० जनालाई कारबाही गरिएको जनाएको छ ।

जस अन्तर्गत मास्क नलगाएकोमा ६ सय ४८ जना, सुरक्षित शारीरिक दूरी कायम नगरेको ४६७ र मोबाइलमा एहतेराज एप इन्स्टल नगरेकोमा २५ जनालाई मुद्दा चलाइएको मन्त्रालयले जनाएको छ ।

भाइरस संक्रमण बढेसँगै कतार सरकारले थप प्रतिबन्ध लगाउदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाइ गरिरहेको छ ।

भाइरसको फैलावटबाट जोगाउनका लागि सावधानी र रोकथाम सम्बन्धी निर्णयहरूको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ । अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्तिलाई कारबाही गरिसकिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनताहरुलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र कोभिड–१९ महामारी बिरूद्ध लड्न सवारी साधनहरुमा मानिसहरुको संख्या सीमित गर्न जस्ता सावधानी अपनाउन चेतावनी दिइरहेको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १२ : ३० बजे

चितवनका दुवै ओपनर विराटनगरका मर्चेन्टका शिकार 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर

अफगानिस्तान हवाइ आक्रमणमा पाकिस्तानको संलग्नता नरहेको दाबी

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले रातभर भएको घातक हवाई हमलाका लागि

महेश बस्नेतविरुद्ध नाराबाजी गरिरहेका धनगढीका जेन-जीहरू युवासंघबाट कुटिए

धनगढी- सुदूरपश्चिमको राजधानी धनगढीमा नेकपा एमालेनिकट युवा संघ नेपालका कार्यकर्ताहरूले

विराटनगरले लियो चितवनको पहिलो विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर

कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा सेवाग्राहीको चाप बढ्यो

भोजपुर– बन्द रहेको जग्गा कित्ताकाट सेवा पुनः सुचारु भएसँगै नापी