कतारमा स्वास्थ्य मापदण्ड पालना नगर्ने ८९८ जनालाई कारबाही « Khabarhub

कतारमा स्वास्थ्य मापदण्ड पालना नगर्ने ८९८ जनालाई कारबाही


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमण बढदै गएपछि कतारको आन्तरिक मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना नगर्नेहरु विरुद्धको कारबाहीलाई तीव्रता दिएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार मात्र कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ८९८ जनालाई कारबाही गरिएको जनाएको छ ।

जसअन्तर्गत मास्क नलगाएकोमा ५ सय ९५ जना, सुरक्षित शारीरिक दूरी कायम नगरेको २७० र मोबाइलमा एहतेराज एप इन्स्टल नगरेकोमा ३३ जनालाई मुद्दा चलाइएको मन्त्रालयले जनाएको छ ।

भाइरस संक्रमण बढेसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाइ गरिरहेको छ ।

भाइरसको फैलावटबाट जोगाउनका लागि सावधानी र रोकथाम सम्बन्धी निर्णयहरूको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ । अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्तिलाई कारबाही गरिसकिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनताहरुलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र कोभिड–१९ महामारी बिरूद्ध लड्न सवारी साधनहरुमा मानिसहरुको संख्या सीमित गर्न जस्ता सावधानी अपनाउन चेतावनी दिइरहेको छ ।

–योगेन्द्र योगी

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १ : ०० बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग