कतारमा स्वास्थ्य मापदण्ड पालना नगर्ने ८९८ जनालाई कारबाही « Khabarhub

कतारमा स्वास्थ्य मापदण्ड पालना नगर्ने ८९८ जनालाई कारबाही


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमण बढदै गएपछि कतारको आन्तरिक मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना नगर्नेहरु विरुद्धको कारबाहीलाई तीव्रता दिएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार मात्र कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ८९८ जनालाई कारबाही गरिएको जनाएको छ ।

जसअन्तर्गत मास्क नलगाएकोमा ५ सय ९५ जना, सुरक्षित शारीरिक दूरी कायम नगरेको २७० र मोबाइलमा एहतेराज एप इन्स्टल नगरेकोमा ३३ जनालाई मुद्दा चलाइएको मन्त्रालयले जनाएको छ ।

भाइरस संक्रमण बढेसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाइ गरिरहेको छ ।

भाइरसको फैलावटबाट जोगाउनका लागि सावधानी र रोकथाम सम्बन्धी निर्णयहरूको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ । अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्तिलाई कारबाही गरिसकिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनताहरुलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र कोभिड–१९ महामारी बिरूद्ध लड्न सवारी साधनहरुमा मानिसहरुको संख्या सीमित गर्न जस्ता सावधानी अपनाउन चेतावनी दिइरहेको छ ।

–योगेन्द्र योगी

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १ : ०० बजे

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि