पाकिस्तानमा भारी वर्षा र हिमपातमा परी ४१ को मृत्यु, सयौँ विस्थापित « Khabarhub

पाकिस्तानमा भारी वर्षा र हिमपातमा परी ४१ को मृत्यु, सयौँ विस्थापित


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानमा पछिल्ला केही दिनमा भएको भारी वर्षा र हिमपातका कारण ४१ जनाको ज्यान गएको बताइएको छ । शनिबारसम्म यहाँ ४१ जनाको भारी वर्षा र हिमपातमा परेर मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी यहाँका सयौँ व्यक्ति विस्थापित भएका पनि सो समाचारमा जनाइएको छ । पाकिस्तानका अधिकारीहरुले यहाँका ठूलो संख्याका भौतिक संरचनामा पनि क्षति पुगेको बताएका छन् ।

यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले शनिबार रातिसम्म अविरल रुपमा पानी परिरहेको बताएको छ । देशको उत्तरी क्षेत्र मुरीमा एक सवारी साधन नै हिउँमा फसेको र त्यसमा परेर २२ जनाको ज्यान गएको थियो ।

सवारी साधन हिउँमा फसेपछि निस्किन नसकेको यहाँको प्रहरीले जनाएको छ । त्यस दुर्घटनामा परेर अरु कैयौँ व्यक्ति घाइते पनि भएका बताइएको छ । मुरीमा भारी मात्रामा हिमपात भएको छ । त्यसमा परेर विदेशी र स्वदेशी पर्यटकका गरी सयौँ सवारी साधन फसेका छन् । ती सवारी साधनको उद्धारका लागि पाकिस्तानको सरकारले ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरेको बताएको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ४ : ०० बजे

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले