एमाले अधिवेशन: ओखलढुंगामा पहिलाेपटक निर्वाचनमार्फत नेतृत्व छानिँदै | Khabarhub Khabarhub

एमाले अधिवेशन: ओखलढुंगामा पहिलाेपटक निर्वाचनमार्फत नेतृत्व छानिँदै


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– एमाले जिल्ला कमिटीकाे नेतृत्व चयन चुनावी प्रक्रियाबाट हुने भएकाे छ । नेताहरूले सहमतिकाे प्रयास जारी रहेकाे बताए पनि फरक फरक समूहका नेताहरुले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् । आज मनाेनयन तथा निर्वाचनकाे कार्यतालिका छन् ।

सुरुमा तीनजनाले अध्यक्ष पद दाबफ गरे पनि उम्मेदवारी दर्ता गर्ने समयसम्म दुई जनाले गरेका छन् । नेता सीताराम गुरुङ र वर्तमान सचिव शंकर कट्वालले उम्मेदवारी दर्ता गरेका हुन् । पार्टीकाे विधानमा प्यानल बनाउन नपाइने भएकाले व्यक्तिगत भनिए पनि सबै पद समूहगत नै उम्मेदवारी परेकाे छ । मनाेनयकाे क्रम जारी रहेकाले अन्तिम नामावली आउन समय लाग्ने बताइएकाे छ ।

उपाध्यक्षमा संविधानसभाका सदस्य तथा अध्यक्षका दावेदार हर्कबाेल राईले मनाेनय गर्न राजी भएपछि गुरुङ र कट्वालले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् । अर्का उपाध्यक्षमा कट्वालकाे पक्षबाट रञ्जित धमला छन् ।

गुरुङकाे पक्षमा नेताहरू यज्ञराज सुनुवार, किशाेर अधिकारी, वर्तमान अध्यक्ष माेहन श्रेष्ठ छन् । कट्वालकाे पक्षमा अम्बीर गुरुङ, नानीबाबु बुढाथाेकी र बालकृष्ण ढुंगेल छन् ।

सचिवमा यसअघि प्रचार विभाग प्रमुख रहिरहेका अधिवक्ता तीर्थराज सुवेदी र कमल न्याैपाने भिड्दै छन् । उपसचिवमा वर्तमान उपसचिव मणिराज राई, केशव ढुंगेल, अशाेक थापा, सञ्जु श्रेष्ठ र भक्तबहादुर कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । यीमध्ये सुवेदीलाई अधिकारी र सुनुवारकाे समर्थन र न्याैपानेलाई अम्बीर र बालकृष्णकाे समर्थन रहेकाे नेताहरू बताउँछन् ।

उपसचिवमा केशव ढुंगेल र अशाेक थापा छन् । ढुंगेल बालकृष्ण र थापा अम्बीरकाे काेटाका उम्मेदवार हुन् । अन्य उम्मेदवारमध्ये राई संसाद सुनुवार निकट हुन् भने अरु प्रष्ट खुलेका छैनन् । सदस्य पदहरूमा पनि धेरै आकांक्षी देखिएका छन् । धेरै आरक्षण काेटामा सहमति हुने भए पनि अन्य पदहरूमा भने निर्वाचन नै हुने देखिएकाे छ ।

एमाले अधिवेशनमा माओवादीबाट आएका नेताहरूकाे प्रदेश सांसद अम्बीर गुरुङसँग गठबन्धन गर्न पुगेपछि ओलि समूह छिन्नभिन्न भएकाे छ । १० बुँदे सहमति गरेर एमाले एकताकाे पक्षमा लागेका नेताहरू र ओली समूहका पुराना नेता जति जिल्लामा एकठाउँमा उभिएका छन् । कार्यकर्ताहरूले यही समूहलाई राजनीतिक मान्न सकिने प्रतिक्रिया दिएका छन् ।

अध्यक्षका दावेदार दुवै संसद् विघटनकाे पक्षमा ओली समूहमा लागेका नेताहरू हुन् । दुई नेताहरू दाबेदार भएपछि १० बुँदे पक्षधरले गुरुङलाई साथ दिँदा उनी मजबुत बनेकाे नेता कार्यकर्ता बताउँछन् । १‍० बुँदै पक्षधर नेताहरुलाई अध्यक्ष र सचिव दिइएकाे छैन । अध्यक्षका दाबेदार हर्कबाेल राईलाई उपाध्यक्ष दिइएकाे छ । उनी १० बुँदे पक्षधर हुन् ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १ : १३ बजे

पर्यटकका लागि सहज गन्तव्य बन्दै ‘चखेवा भञ्ज्याङ’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको ‘चखेवा भञ्ज्याङ’ पर्यटकका लागि सहज

कृषिसहित तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै

ट्रम्पको कर घोषणाले विश्व बजारमा नयाँ युद्ध सुरु भएको भारतको प्रतिक्रिया

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग तेल खरिद गरे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनियम दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

जलवाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल