एमाले नुवाकोटको अध्यक्षमा मैनाली निर्वाचित « Khabarhub

एमाले नुवाकोटको अध्यक्षमा मैनाली निर्वाचित


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नेकपा (एमाले) नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन् । नेकपा एमालेको सातौँ जिल्ला अधिवेशनबाट मैनाली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

शुक्रबार सुरु भएको अधिवेशन आज नेतृत्व चयन गर्दै सकिएको छ । उपाध्यक्षमा बुद्धिबहादुर प्रधान, सचिवमा सुदर्शन नेपाल, उपसचिवमा काशीराज अधिकारी र नीलकण्ठ आचार्य निर्वाचत भएका छन् । पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक केशवराज पाण्डले जानकारी दिए ।

तीन दिनसम्म सञ्चालन भएको जिल्ला अधिवेशनमा ७६३ जनप्रतिनिधी सहभागी भएका थिए । अधिवेशनको बन्द सत्रले शनिबार राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदन छलफलसहित पारित गरेर निर्वाचित प्रक्रिया सुरु गरेको थियो ।

अध्यक्षमा निर्वाचित मैनाली यस अघिको जिल्ला कमिटिमा उपाध्यक्ष थिए । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपामा माओवादी केन्द्र कायम गरेपछि केही समय जिल्ला अध्यक्ष भएर काम गरेका थिए । मैनाली हाल बागमती प्रदेशसभा सदस्यसमेत छन् ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  २ : ४१ बजे

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी