एमाले पाँचथर अध्यक्षमा भण्डारी चयन « Khabarhub

एमाले पाँचथर अध्यक्षमा भण्डारी चयन


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरमा राजकुमार भण्डारीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्दै नेकपा (एमाले)को आठौं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ ।

एमालेका केन्द्रीय सदस्यहरू र प्रदेश सदस्यहरू रहेको अध्यक्ष मण्डलले प्रस्ताव गरेअनुसार ९० सदस्यीय जिल्ला कमिटी सहमतिमा निर्वाचित भएको हो ।

बन्दसत्रले ७५ सदस्यीय कमिटी गठन गर्ने प्रस्ताव स्वीकृत गरेको भए पनि उक्त कमिटीमा सबै आकाङ्क्षी नसमेटिने भएपछि संख्या बढाइएको एमालेले जनाएको छ । उक्त कमिटीको उपाध्यक्षमा धनकुमार फियाक, सचिवमा विष्णुप्रसाद सापकोटा (विमल), उपसचिवमा नरबहादुर गुरुङ र पृथ्वी लावती रहेका छन् ।

एमालेका केन्द्रीय सदस्य एवं पाँचथर इन्चार्ज वसन्तकुमार नेम्वाङको अध्यक्षतामा रहेको पाँच सदस्यीय अध्यक्ष मण्डलले पदाधिकारी सहित जिल्ला कमिटीका सदस्य तथा जिल्ला परिषद्का पदाधिकारी र सदस्यको प्रस्ताव बन्दसत्रमा पेस गरेको थियो । यस क्रममा बन्द सत्रका सहभागी प्रतिनिधिले उक्त प्रस्तावलाई स्वीकृत गरेका थिए ।

सहभागीको स्वीकृतिपछि प्रस्तावित पदाधिकारी तथा सदस्यले भएको मनोनयन दर्ता गराएपछि सहमतिमा नेतृत्व चयन भएको एमाले पाँचथरको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत कृष्णकुमार आङ्देम्बेले जानकारी दिए ।

यस्तै एमाले पाँचथरका निवर्तमान उपाध्यक्ष एवं हिलिहाङ गाउँपालिकाका अध्यक्ष भवानीप्रसाद लिङ्देनको अध्यक्षतामा एमाले पाँचथरको ५१ सदस्यीय जिल्ला सल्लाहकार परिषद् गठन गर्ने प्रस्ताव समेत बन्द सत्रले पारित गरेको छ । उक्त परिषद्मा जिल्ला कमिटीमा नपरेका अगुवा नेताहरू, विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका पार्टीसँग आबद्ध व्यक्तिहरू तथा ज्येष्ठ कम्युनिस्ट नेताहरू समावेश भएका छन् ।

नवनिर्वाचित कमिटीलाई एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज नेम्वाङ, केन्द्रीय सदस्य एवं सहइन्चार्जद्वय अइन्द्रसुन्दर नेम्वाङ र श्रीप्रसाद जबेगू सहितका नेताहरूले अबिर माला सहित बधाई ज्ञापन गरेका छन् । शुक्रवार सुरु भएको एमाले पाँचथरको अधिवेशनमा ६०७ जना प्रतिनिधिहरू सहभागी थिए ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ७ : ३० बजे

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

काठमाडौं– नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको छ।

हारजितको अनुमान र मत सर्वेक्षणप्रति निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हारजितको अनुमान

रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै

एजेन्सी– रूस र यूक्रेनबीचको युद्ध नजिकिँदै चार वर्षपछि फेरि अमेरिकाको

प्रसाईँलाई रिहा गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक