एमाले पाँचथर अध्यक्षमा भण्डारी चयन | Khabarhub Khabarhub

एमाले पाँचथर अध्यक्षमा भण्डारी चयन


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरमा राजकुमार भण्डारीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्दै नेकपा (एमाले)को आठौं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ ।

एमालेका केन्द्रीय सदस्यहरू र प्रदेश सदस्यहरू रहेको अध्यक्ष मण्डलले प्रस्ताव गरेअनुसार ९० सदस्यीय जिल्ला कमिटी सहमतिमा निर्वाचित भएको हो ।

बन्दसत्रले ७५ सदस्यीय कमिटी गठन गर्ने प्रस्ताव स्वीकृत गरेको भए पनि उक्त कमिटीमा सबै आकाङ्क्षी नसमेटिने भएपछि संख्या बढाइएको एमालेले जनाएको छ । उक्त कमिटीको उपाध्यक्षमा धनकुमार फियाक, सचिवमा विष्णुप्रसाद सापकोटा (विमल), उपसचिवमा नरबहादुर गुरुङ र पृथ्वी लावती रहेका छन् ।

एमालेका केन्द्रीय सदस्य एवं पाँचथर इन्चार्ज वसन्तकुमार नेम्वाङको अध्यक्षतामा रहेको पाँच सदस्यीय अध्यक्ष मण्डलले पदाधिकारी सहित जिल्ला कमिटीका सदस्य तथा जिल्ला परिषद्का पदाधिकारी र सदस्यको प्रस्ताव बन्दसत्रमा पेस गरेको थियो । यस क्रममा बन्द सत्रका सहभागी प्रतिनिधिले उक्त प्रस्तावलाई स्वीकृत गरेका थिए ।

सहभागीको स्वीकृतिपछि प्रस्तावित पदाधिकारी तथा सदस्यले भएको मनोनयन दर्ता गराएपछि सहमतिमा नेतृत्व चयन भएको एमाले पाँचथरको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत कृष्णकुमार आङ्देम्बेले जानकारी दिए ।

यस्तै एमाले पाँचथरका निवर्तमान उपाध्यक्ष एवं हिलिहाङ गाउँपालिकाका अध्यक्ष भवानीप्रसाद लिङ्देनको अध्यक्षतामा एमाले पाँचथरको ५१ सदस्यीय जिल्ला सल्लाहकार परिषद् गठन गर्ने प्रस्ताव समेत बन्द सत्रले पारित गरेको छ । उक्त परिषद्मा जिल्ला कमिटीमा नपरेका अगुवा नेताहरू, विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका पार्टीसँग आबद्ध व्यक्तिहरू तथा ज्येष्ठ कम्युनिस्ट नेताहरू समावेश भएका छन् ।

नवनिर्वाचित कमिटीलाई एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज नेम्वाङ, केन्द्रीय सदस्य एवं सहइन्चार्जद्वय अइन्द्रसुन्दर नेम्वाङ र श्रीप्रसाद जबेगू सहितका नेताहरूले अबिर माला सहित बधाई ज्ञापन गरेका छन् । शुक्रवार सुरु भएको एमाले पाँचथरको अधिवेशनमा ६०७ जना प्रतिनिधिहरू सहभागी थिए ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ७ : ३० बजे

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई