साप्ताहिक ब्रिफिङ : रसुवा र नुवाकोटमा बाढीको विनाश, मृतक १३ सयनजिक, खोज र उद्धार अझै जटिल, देउवा समूहले मंसिरमा महाधिवेशन गर्ने र हर्मुजमा सुरक्षा दिन दक्षिण कोरिया सकारात्मक « Khabarhub

साप्ताहिक ब्रिफिङ : रसुवा र नुवाकोटमा बाढीको विनाश, मृतक १३ सयनजिक, खोज र उद्धार अझै जटिल, देउवा समूहले मंसिरमा महाधिवेशन गर्ने र हर्मुजमा सुरक्षा दिन दक्षिण कोरिया सकारात्मक


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दुईजनाको उद्धार गरिएको त्रिशूली थ्री ‘ए’ भित्र अरू कोही भेटिएनन्

नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनदेखि फसेका श्रमिकमध्ये दुई जनालाई शुक्रबार बिहान जीवितै उद्धार गरिएको छ ।

जीवितै उद्धार गरिएकामध्ये एकजना सप्तरीका ३२ वर्षीय सञ्जय साह र अर्का कबीर महर्जन हुन् । सञ्जय फोरम्यान हुन् भने कबीर सुपरभाइजर हुन् । त्यसपछि त्यहाँबाट थप एकजनाको शव निकालिएको छ।

नेपाल विद्युत् प्राधिकरण, सम्बन्धित कम्पनी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सुरुङभित्रबाट निकालेलगत्तै दुवैलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ। दुवैको अहिले नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचार भइरहेको छ।

त्यसपछि रसुवाको भोटेकोशी बाढीका कारण सुरुङ थुनिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसभित्र थप उद्धार टोली पसेको थियो । नेपाल विद्युत् प्राधकिरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहितको नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धारका लागि माथिल्लो त्रिशूली–३ ‘ए’ को पावर हाउसमा पुगेको थियो ।

भोटेकोशी बाढीको नवौँ दिन यसरी चलिरहेको छ खोज, उद्धार र राहत अभियान

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)

दार्चुलामा पहिरोले चौलानी नदी थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह (भिडियोसहित)

भोटेकोशी बाढी : नवौँ दिनसम्म एक हजार २९३ शव भेटिए

कांग्रेस देउवा समूहले मंसिर २१ देखि महाधिवेशन गर्ने, भदौ २५ भित्र जिल्ला अधिवेशन तयारी समिति बनाइसक्ने

नेपाली कांग्रेसमा शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीको १५औँ महाधिवेशनको तयारी अघि बढाएको छ।

देउवा समूहको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बुधबार बसेको दोस्रो बैठकले महाधिवेशनदेखि वडा तहसम्मका अधिवेशनको प्रस्तावित कार्यतालिका तय गरेको हो।

समितिले आगामी भदौ १८ गतेभित्र महाधिवेशन तयारीका लागि चारवटा समिति गठन गर्ने प्रस्ताव गरेको छ। केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समिति गठन गर्ने प्रस्ताव गरिएको छ।

त्यस्तै, महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ र आदिवासी जनजाति महासंघका तदर्थ समिति गठन गर्ने प्रस्ताव पनि बैठकले गरेको छ।

गण्डकीमा नेसपाका फणीन्द्र तेस्रोपटक मन्त्री नियुक्त (तस्बिरहरू)

संवैधानिक पदाधिकारीलाई २ वर्ष ‘कुलिङ अफ पिरियड’ प्रस्ताव

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान बनाएकी छिन् । ४९ वर्षिया मेलोनी सन् २०२२ अक्टोबर २२ देखि इटालीको प्रधानमन्त्री छिन् ।

बिहीबार १४१३ दिनसम्म पदमा रहेपछि उनी दोस्रो विश्वयुद्धपछि इटालीमा लगातार सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहने नेतृ बनेकी छिन् । उनी यस पदमा पुग्ने पहिलो महिला पनि हुन् ।

यसै सन्दर्भमा मेलोनीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले यो उपलब्धिले उनको नेतृत्वप्रति इटालीका जनताको भरोसा र विश्वासलाई झल्काएको बताएका छन् ।

फकल्यान्डमा बेलायतको अडान कायमै

इरानविरुद्ध अमेरिकाको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ मा इयू पनि जोडियो

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूतहरु स्टिभ विटकफ र ज्यारेठ कुश्नरले रुसको भ्रमण गर्ने

यमनमा झडपमा ८१ लडाकू मारिए

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

जाइरोङ नाकामा खोज–उद्धार जारी

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

इरानद्वारा कुवेतस्थित अमेरिकी सैन्य अड्डामा आक्रमण

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ८ : ०० बजे

बाढीले पुल बगाएपछि देवीघाटमा त्रिशुलीमाथि बनाइयो तुइन (तस्बिरहरू)

नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा बाढीले पुल बगाएपछि त्रिशूली

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं – एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी