मोदीको सेरोफेरोमा उत्तर प्रदेशको निर्वाचन | Khabarhub Khabarhub

मोदीको सेरोफेरोमा उत्तर प्रदेशको निर्वाचन


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सात चरणमा हुने भारतको सबैभन्दा ठूलो प्रान्त उत्तर प्रदेशको निर्वाचन यसै साताको अन्त्यमा सुरु हुँदैछ। अर्को महिना भारतका पाँच प्रान्तमा निर्वाचन भइरहेको छ। यसका बाबजुद धेरैको चासो भने उत्तर प्रदेशको निर्वाचनमा नै छ। अत्यधिक जनघनत्व भएको यस देशमा २४ करोड जनसङ्ख्या छ। यो जनसङ्ख्या नेपालको भन्दा आठ गुणा भन्दा बढी हो।

चीन, अमेरिका र इन्डोनेसियालाई छाड्ने हो भने संसारका अन्य कुनै पनि देशको जनसङ्ख्या भन्दा भारतको यो एउटै प्रान्तको जनसङ्ख्या बढी छ। धेरै जनसङ्ख्या भएको देशको रूपमा परिचित पाकिस्तान र ब्राजिलमा समेत भारतको भन्दा कम जनसङ्ख्या छ।

उत्तर प्रदेशबाट भारतीय संसदमा सबैभन्दा धेरै ८० संसद्ले प्रतिनिधित्व गर्छन्। उत्तर प्रदेशमा पकड राखेपछि भारतीय राजनीतिमा नै बलियो पकड हुनेछ। जहावरलाल नेहरुलगायत थुप्रै नेता त्यहीँबाट स्थापित भएका थिए।

उत्तर प्रदेशबाट भारतीय संसदमा सबैभन्दा धेरै ८० संसद्ले प्रतिनिधित्व गर्छन्। उत्तर प्रदेशमा पकड राखेपछि भारतीय राजनीतिमा नै बलियो पकड हुनेछ। जहावरलाल नेहरुलगायत थुप्रै नेता त्यहीँबाट स्थापित भएका थिए।

पश्चिम भारतीय प्रान्त गुजरातबाट राजनीति सुरु गरेका प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक सन् २०१४ मा उत्तर प्रदेशबाटै संसद्मा प्रतिनिधित्व गरेका थिए। वाराणसीबाट पहिलो पटक सांसद बनेका उनी सन् २०१९ मा पनि त्यहीबाट संसद् चुनिएका हुन्।

मोदीले चासो दिएसँगै उनको पार्टी भारतीय जनता पार्टी (विजेपी)ले २०१४ को निर्वाचनमा ७१ तथा २०१९ को निर्वाचनमा ६२ सिट जितेको थियो।

सन् १९९० यता प्रान्तीय राजनीति भने स्थानीय दलको प्रभावमा थियो। समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको पकड रहेको प्रान्तमा भाजपा र काँग्रेसले यी दलसँगको दूरीलाई क्रमिक रूपमा छोट्ट्याएका हुन्।

प्रधानमन्त्री मोदीको चमकदार व्यक्तित्वका कारण सन् २०१७ मा भएको निर्वाचनमा भने फरक परिणाम देखिएको थियो। विजेपीले ४०३ मध्ये ३१२ सिटमा जित हात पारेको थियो। त्यसै निर्वाचनमा विजेपीले ४० प्रतिशत लोकप्रिय मत पाएको थियो।

कट्टर हिन्दुवादीको आरोप लागेका योगी आदित्य नाथलाई विजेपीले नेतृत्वमा अघि सारेको थियो। आदित्यनाथ अहिले मत माग्न सक्रिय छन्। उनलाई सहयोग गर्नका लागि प्रधानमन्त्री मोदी पनि उत्तर प्रदेशमै लागि परेका छन्।

कट्टर हिन्दुवादीको आरोप लागेका योगी आदित्य नाथलाई विजेपीले नेतृत्वमा अघि सारेको थियो। आदित्यनाथ अहिले मत माग्न सक्रिय छन्। उनलाई सहयोग गर्नका लागि प्रधानमन्त्री मोदी पनि उत्तर प्रदेशमै लागि परेका छन्।

उत्तर प्रदेशमा विजेपीलाई अर्को एक मौका दिनका लागि मोदीको सक्रियता बढेको हो। यसका बाबजुद केही चुनौती विजेपीका सामु नभएको होइन। कृषक त्यहाँको कानुनमा असहमत हुँदै एक वर्षसम्म विद्रोहमा उत्रेका थिए। अर्कोतर्फ कोभिड महामारीको समयमा निधन भएको धेरै तथ्याङ्क लुकाइएको तथा थुप्रै लासलाई गङ्गा नदीमा बगाइएको आरोप विपक्षीको छ।

आर्थिक सुधार र प्रशस्त रोजगारीको अवसर सिर्जना गरेको मुद्दासहित आदित्य नाथ प्रचारमा सक्रिय छन्। चुनावी अभियानमै ४९ वर्षीय आदित्य नाथले आफूले प्रशस्त रोजगारीको अवसर सिर्जना गरेको, आर्थिक सुधार गरेको तथा राज्यको कानुन पालनालाई कडाइ गरिएको मुद्दा उठाएका छन्।

आदित्य नाथका मुख्य प्रतिद्वन्द्वी समाजवादी पार्टीका नेता ४८ वर्षीय अखिलेस यादव छन्। पूर्वमुख्यमन्त्री उनलाई सन् २०१७ मा विजेपीले पराजित गर्दै सत्ता बाहिर पठाएको थियो।

आदित्य नाथका मुख्य प्रतिद्वन्द्वी समाजवादी पार्टीका नेता ४८ वर्षीय अखिलेस यादव छन्। पूर्वमुख्यमन्त्री उनलाई सन् २०१७ मा विजेपीले पराजित गर्दै सत्ता बाहिर पठाएको थियो।

विजेपीबाट फेरि सत्ता फिर्ता लिनका लागि यादवले पनि महत्त्वाकाङ्क्षी चुनावी घोषणापत्र अघि सारेका छन्। हरेक घरमा निःशुल्क बिजुलीको मुद्दा अघि सारेका उनी गरिब महिलालाई पेन्सन तथा हरेक किसानलाई बिना ब्याज ऋण दिने प्रतिबद्धतासहित चुनावमा होमिएका छन्। उनले थुप्रै साना दलसँग गठबन्धन गरिरहेका छन्।

लामो समय दलित मायावतीबाट नेतृत्व गरिएको बहुजन समाजवादी पार्टी फेरि सत्तामा आउन सङ्घर्ष गरिरहेको छ। दलित समुदायमा उनको लोकप्रियता बढी भए पनि उनीमाथि केही गम्भीर आरोप लागेको छ। आफू लगायत केही दलित नेताको सालिक नै बनाएर धेरै पैसा खर्च गरेको आरोप उनीमाथि लागेको छ। मायावतीको पार्टीले सन् २०१२ मा सत्ता गुमाएको थियो।

एक दशक सत्ता भन्दा टाढा रहेकी कारण उनलाई त्यत्ति धेरै सत्ताका लागि दाबेदार ठानिएको छैन। प्रियङ्का गान्धीको नेतृत्वमा रहेको भारतको प्रमुख प्रतिपक्षी दल काँग्रेसले पनि त्यहाँ आफ्नो महत्त्वपूर्ण उपस्थिति देखाउन खोजी रहेको छ।

चुनावी अभियानकै क्रममा प्रियङ्काले बलात्कार तथा प्रहरीबाट पीडित भएको परिवारसँग भेटघाट गरेकी छिन्। नारीवादी मुद्दालाई अघि सारेकी उनले पनि चुनावी अभियानलाई तीव्र मात्र पारेकी छैनन्, मन लोभ्याउने कुरा गरेकी छिन्।

यसका बाबजुद उत्तर प्रदेशमा काँग्रेसको तल्लो तहको सङ्गठन कमजोर भएका कारण उनको लागि सहज हुने अनुमान कमैको छ। ठूलो भूगोल र जनसङ्ख्याको आधारमा हेर्ने हो भने उत्तर प्रदेश संसारकै सबै भन्दा ठूलो प्रान्त हुनसक्छ। यसै कारण धेरै दलले त्यहाँको निर्वाचन जीवन मरणको विषय बनाउने गरेका छन्।

सन् १९८९ देखि उत्तर प्रदेशमा कुनै पनि दलले लगातार दुई पटक जितेका छैनन्। यस कारण त्यो परम्परालाई भङ्ग गर्ने चुनौती पनि आदित्य नाथ र विजेपीका सामु छ। धेरै समीक्षकले निर्वाचनको परिणामले भारतको राष्ट्रवादी मुद्दालाई अनुमोदन गराउन सक्ने प्रतिक्रिया दिएका छन्।

ठूलो भूगोल र जनसङ्ख्याको आधारमा हेर्ने हो भने उत्तर प्रदेश संसारकै सबै भन्दा ठूलो प्रान्त हुनसक्छ। यसै कारण धेरै दलले त्यहाँको निर्वाचन जीवन मरणको विषय बनाउने गरेका छन्।

सन् २०२४ मा भारतमा संसदीय निर्वाचन हुँदै छ। त्यस भन्दा अगाडि हुने यस प्रान्तीय निर्वाचनको परिणाम पक्कै पनि विजेपीका लागि महत्त्वपूर्ण हुनेछ। उत्तर प्रदेशमा पराजित भएमा विजेपीका लागि अन्य प्रान्तमा पनि राम्रो सङ्केत नजाने चिन्ता थपिएको छ।

अखिलेस यादवको पार्टीले यस निर्वाचनमा पनि पराजयको सामना गरे उनले पार्टी सत्ताबाट समेत हात धुनु पर्ने अवस्था आउन सक्नेछ।

त्यसो त मायावतीका लागि पनि यो निर्वाचनमा जित अति आवश्यक छ। त्यहाँको राजनीतिक विश्लेषककै अनुसार लगातार १० वर्ष सत्ता बाहिर बिताएकी उनको दलले फेरि पराजयको सामना गरेमा फेरि सत्तामा फर्कने सम्भावना कम छ। काँग्रेस पार्टीको राजनीतिलाई नजिकबाट नियाल्नेको मत भने अलि फरक छ।

उनीहरूको विचारमा त्यहाँ काँग्रेसले जित्ने सम्भावना छैन। तर, पार्टीलाई अगाडि बढाउन प्रियङ्काको सक्रियता बढेको हो। यस पटकको सक्रियताले काँग्रेसले भविष्यमा प्रभावकारी परिणाम पाउने आशा नेतृ प्रियङ्काको छ।

४ सय ३ सिटका लागि हजारौँ उम्मेदवार अहिले चुनावी प्रतिस्पर्धामा छन्। १ लाख ७४ हजार ३ सय ५१ मतदान केन्द्रमा १५ करोड ५० लाखले मतदान गर्ने छन्। एक महिना लामो यो निर्वाचनको पर्यवेक्षण गर्न थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय संलग्न हुनेछन्। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न लाखौँ सुरक्षाकर्मी तैनाथ हुनेछन्।

भारतको कम विकसित प्रान्त उत्तर प्रदेशमा गरिबीको रेखा मुनी हुनेको सङ्ख्या धेरै छ। पछिल्लो समय सार्वजनिक भएको सूचांक अनुसार त्यहाँ ३७.७९ प्रतिशत गरिबीको रेखा मुनी छन्।

४ सय ३ सिटका लागि हजारौँ उम्मेदवार अहिले चुनावी प्रतिस्पर्धामा छन्। १ लाख ७४ हजार ३ सय ५१ मतदान केन्द्रमा १५ करोड ५० लाखले मतदान गर्ने छन्। एक महिना लामो यो निर्वाचनको पर्यवेक्षण गर्न थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय संलग्न हुनेछन्।

५८ सिटका लागि १० फेब्रुअरी तथा ५५ सिटका लागि १४ फेब्रुअरीमा निर्वाचन हुनेछ। २० फेब्रुअरीमा ५९ सिट, २३ फेब्रुअरीमा ५९ सिट तथा २७ फेब्रुअरीमा ६१ टिका लागि मतदान हुने छ। ३ मार्चमा ५७ तथा ७ मार्चमा ५४ सिटका लागि मतदान हुनेछ। १० मार्चका दिन मतगणना सुरु हुनेछ।

उत्तर प्रदेशको यो निर्वाचनमा नेपालका लागि समेत महत्त्वपूर्ण हुनेछ। नेपालको पश्चिम दक्षिण भूभाग उत्तर प्रदेशसँग जोडिएको छ। यस कारण नेपालका लागि त्यहाँको निर्वाचन पक्कै चासोको विषय हो।

मोदीको सेरोफेरोमा निर्वाचन

परिणाम जे आए पनि उत्तर प्रदेशको यस पटकको निर्वाचन मोदीको चमकदार व्यक्तिको सेरोफेरोको घुम्ने छ। मोदीको उपस्थितिपछि अहिले सबै दल त्यहाँ महत्त्वाकाङ्क्षी योजनासहित मत मागी रहेका छन्। सबैलाई त्यहाँ चासो दिन बाध्य बनाएको छ। जसले सफलता हात पारे पनि निर्वाचनपछि सायद उत्तर प्रदेश विकासको बाटोमा लम्कने छ। एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ९ : १८ बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले