ट्रक चालकहरुको प्रदर्शनले ओटावाको जनजीवन अस्तव्यस्त « Khabarhub

ट्रक चालकहरुको प्रदर्शनले ओटावाको जनजीवन अस्तव्यस्त


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओटावा – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रक चालकहरुको प्रदर्शनले राजधानी ओटावाको जनजीवन कस्टकर भएको बताउँदै प्रदर्शन बन्द गर्न आह्वान गरेका छन् ।

केही प्रदर्शनकारीको व्यवहारले क्यानडेली जनता ‘दुःखित र प्रष्ट रुपमा अपमानित भएको’ बताएका छन् । प्रदर्शनकारी तोडफोड र जातीय दुर्व्यवहारमा उत्रिएको विवरण सार्वजनिक भइरहेका बेला प्रधानमन्त्रीको आह्वान आएको हो ।

सरकारले ल्याएको कोभिड खोप प्रावधानको विरोधमा ट्रक चालकहरुले विरोध गर्दै आएका छन् । चालकहरुले ट्रक तेर्साउदा ओटावाको जनजीवन अस्तव्यस्त बनेको छ भने राजधानीमा आपतकाल घोषणा गरिएको छ ।

करिब दुई सातादेखि सडकमा जथाभावी राखिएका ट्रकहरुका कारण जनजीवन अस्तव्यबस्त हुनुका साथै स्थानीय व्यापार ठप्प छ । चालकहरुले निरन्तर हर्न बजाउदा स्थानीय मानिस क्रुद्ध बनेका छन्।

यसैबीच ओटावाका न्यायाधीशले एउटा फैसला गर्दै चालकहरुले कम्तिमा १० दिन राजधानीमा हर्न बजाउन नपाउने निर्णय गरेका छन् । ट्रक चालकहरुको आन्दोलनमा अतिवादीको घूसपैठ हुन सक्नेतर्फ ओटावा प्रहरी सचेत बनेको छ । प्रदर्शनकारीले जातीय दुव्र्यवहार र समलिंगीप्रति अपमान गर्नुका साथै नेसनल वार मेमोरियलको एक अज्ञात सिपाहीको चिहानमा नाचेको प्रहरीले जनाएको छ।

प्रहरीले सम्पत्तिमा क्षतिसहित ६० ओटा भन्दाबढी घटनाहरुका बारेमा अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ९ : १५ बजे

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई