हेम्जामा मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु  « Khabarhub

हेम्जामा मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु 


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा मंगलबार बेलुकी मोटरसाइकल र बोलेरो जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पोखरा महानगरपालिका–५ प्रस्याङ धारापानीका २६ वर्षीय दिपक नेपाली रहेका छन् ।

उनको उपचारको क्रममा पोखरा स्थित मणिपाल अस्पतालमा मंगलबार राती पौने १० बजे मृत्यु भएको हो ।

गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार गुल्मीका २२ वर्षीय सुनिल नेपालीको पोखरा स्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

ग १ ज ५०५६ नम्बरको जिपले नेपालीद्धय सवार ग ६ प ८८०२ नम्बरको मोटरसाइकललाई मंगलबार राती ९ बजे ठक्कर दिएको थियो । ठक्कर दिने जिप सहित चालक वडा प्रहरी कार्यालय बगरको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १२ : १३ बजे

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक