सुजुकीले थाल्यो ‘घर दैलोमै गाडी मर्मत सेवा’ « Khabarhub

सुजुकीले थाल्यो ‘घर दैलोमै गाडी मर्मत सेवा’


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुजुकीले नेपाली ग्राहकहरुका लागि ‘वर्कसप अन ह्वील’ सेवा सुरु गरेको छ।

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्दिन्ग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ग्राहकको घर दैलोमै गाडी मर्मतको लागि यो सेवा सुरु गरेको हो।

स्मार्ट वो वर्कसपको नयाँ पहलले सुजुकी ग्राहकले आफ्नो घर दैलोमै आफ्नो सवारी मर्मत गराउन सक्नुहुनेछ।  कम्पनीको अनुसार वर्कसप अन ह्वीलमा सबै आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन् जसले सामान्य सर्भिस, मर्मत, तथा अरू गाडी सम्बन्धी काम गर्ने छन्।

‘यो नयाँ पहल ग्राहक माँझ ल्याउँन पाउँदा हामी हर्षित छौँ।’ सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठले भने, ‘यो चार पांग्रे सवारीमा निर्मित एउटा आधुनिक वर्कसप हो जसले ग्राहकको सबै सर्भिस सम्बन्धी कार्य गर्नेछ।’ उनकाअनुसार यो सुविधाले आपत्कालीन सडक सहायता गर्नुको साथै ग्राहकको सुविधाजनक स्थानमा पुगी सेवा दिनेछ।

यो सेवा हाल काठमाडौँ, पोखरा, भैरहवा  र नारायणघाटमा उपलब्ध छ। चाँडै नेपालका सम्पूर्ण प्रमुख सहरमा विस्तार गर्ने योजना छ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ९ : ४५ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा