सुजुकीले थाल्यो 'घर दैलोमै गाडी मर्मत सेवा' | Khabarhub Khabarhub

सुजुकीले थाल्यो ‘घर दैलोमै गाडी मर्मत सेवा’


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुजुकीले नेपाली ग्राहकहरुका लागि ‘वर्कसप अन ह्वील’ सेवा सुरु गरेको छ।

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्दिन्ग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ग्राहकको घर दैलोमै गाडी मर्मतको लागि यो सेवा सुरु गरेको हो।

स्मार्ट वो वर्कसपको नयाँ पहलले सुजुकी ग्राहकले आफ्नो घर दैलोमै आफ्नो सवारी मर्मत गराउन सक्नुहुनेछ।  कम्पनीको अनुसार वर्कसप अन ह्वीलमा सबै आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन् जसले सामान्य सर्भिस, मर्मत, तथा अरू गाडी सम्बन्धी काम गर्ने छन्।

‘यो नयाँ पहल ग्राहक माँझ ल्याउँन पाउँदा हामी हर्षित छौँ।’ सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठले भने, ‘यो चार पांग्रे सवारीमा निर्मित एउटा आधुनिक वर्कसप हो जसले ग्राहकको सबै सर्भिस सम्बन्धी कार्य गर्नेछ।’ उनकाअनुसार यो सुविधाले आपत्कालीन सडक सहायता गर्नुको साथै ग्राहकको सुविधाजनक स्थानमा पुगी सेवा दिनेछ।

यो सेवा हाल काठमाडौँ, पोखरा, भैरहवा  र नारायणघाटमा उपलब्ध छ। चाँडै नेपालका सम्पूर्ण प्रमुख सहरमा विस्तार गर्ने योजना छ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ९ : ४५ बजे

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५०

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस