रविको दुई गोलमा पुलिस विजयी | Khabarhub Khabarhub

रविको दुई गोलमा पुलिस विजयी


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबार भएको खेलमा च्यासल युुथ क्लबलाई नेपाल पुलिस क्लबले २–१ को पराजित गरेको छ । रवि पासवानको दुई गोलले पुलिस क्लब विजयी बनाएको हो ।

पुलिसको जितमा रविले दुई गोल गर्दा च्यासलका मोसा अबागानाले सान्त्वना गोल गरे । रेलिगेसन जोनमा संघर्षरत च्यासलमाथि लगातार दबाब बनाएको पुलिसका लागि रविले पेनाल्टी बक्स बाहिरबाट सुन्दर गोल गरेका थिए । च्यासलका गोलकिपर अर्पण कार्की अगाडि बढेको अवस्थामा रविले ३७औं मिनेटमा गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो ।

पुलिसविरुद्ध ५३औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै च्यासलका मोसा अबागानाले बराबरी गोल फर्काएका थिए । रुमेश बर्तौलालाई ५२औँ मिनेटमा पुलिसका कप्तान सुमन सुवेदीले पेनाल्टी एरियाभित्र फल गरेपछि च्यासलले पेनाल्टी पाएको थियो ।

६५औँ मिनेटमा रविले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई पुनः अग्रता दिलाए । सुमन लामाले पेनाल्टी बक्समा दिएको ‘थ्रुु’ बलमा रविले च्यासलका कप्तान विराज महर्जनलाई बिट गर्दै सुन्दर गोल गरे । रविले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार च्यासलका गोलकिपर अर्पण कार्कीले बचाउन सकेनन् । ‘फिफा डे’का कारण बीचमा रोकिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगका यो साताबाट सुरु भएको हो । च्यासलका प्रशिक्षक अघिल्लो खेलमा मनाङबिरुद्ध पाएको रातो कार्डका कारण टच लाइनमा उभिन पाएनन् । यस्तै दुई खेल खेलेका कप्तान सन्तोष साहुखल समेत पुलिसबिरुद्ध उपस्थित भएनन् ।

च्यासलका १९ खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि पूर्व निर्धारित समयमा हुन नसकेको खेल आज भएको हो । यसअघि दुबै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

यो सँगै नवौँ चरणको खेल समाप्त भएको छ । दशौँ चरणको खेल शुक्रवारबाट सुरु हुनेछ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ३ : ५९ बजे

शिक्षामन्त्री पुनले सीटीईभीटीलाई दिए चार निर्देशन

काठमाडाैं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले प्राविधिक

पूर्वमन्त्री रमेश लेखकलाई मातृशोक

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकलाई

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दैलेख – कर्णाली राजमार्गअन्तर्गत आज पाल्तडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको

फिरौतिको नाटक गरी योजनाबद्ध हत्या

सिरहा – सिरहाको गोलबजार नगरपालिका–१३, डङ्गराहास्थित १६ वर्षीय अभिषेक सिंहको

ओलीले भने : लोकतन्त्र र दलीय व्यवस्थाको विकल्प छैन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री