निषेधाज्ञा खुकुलो बनाएपछि फेरि बढ्यो कोरोना संक्रमण « Khabarhub

निषेधाज्ञा खुकुलो बनाएपछि फेरि बढ्यो कोरोना संक्रमण


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोरोना महामारी नियन्त्रण गर्न जारी गरेका विभिन्न आदेश र निषेधाज्ञाहरु खुकुलो बनाएसँगै देशभर पुनः कोरोना भाइरसको संक्रमण बढेको छ ।

सरकारको निर्णय, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसको आधारमा यही माघ १४ र २३ गते जिल्ला प्रशासन कार्यालयहरुले कोरोना नियन्त्रण गर्न जारी गरेका आदेश तथा निषेधाज्ञाहरु खुकुलो बनाउने निर्णय गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयहरुले पछिल्लो पटक यही माघ २३ गते बिभिन्न आदेश तथा निशेधाज्ञाहरु हटाउने निर्णय गरेका थिए । त्यसयता कोरोना संक्रमितको संख्या प्रत्येक दिन बढ्दै गएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माघ २२ गते पीसीआर विधिीबाट ५ हजार २२५ र एन्टीजेन विधिबाट ३ हजार २८८ गरी कूल ८ हजार ५१३ जनाको कोरोना परिक्षण गरिएको थियो । उक्त दिन १ हजार ७ १४ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको थियो भने ९ जनाको मृत्यु भएको थियो ।

माघ २३ गते पीसीआर विधिबाट ६ हजार ४४३ र एन्टीजेन विधिबाट २ हजार ८०८ जनाको कोरोना परिक्षण गर्दा १ हजार ३८६ जनामा संक्रमण पुष्टी भएको थियो । उक्त दिन कोरानाका कारण ११ जनाले ज्यान गुमाएका थिए ।

माघ २४ गते ७ हजार ८७४ जनाको पीसीआर र ३ हजार ४९१ जनाको एन्टीजेन विधिबाट गरी कूल ११ हजार ३६५ जनाको कोरोना परिक्षण गरिएको थियो । परिक्षण गरिएकामध्ये १ हजार ५७० जनामा संक्रमण पुष्टी भएको थियो भने १३ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार माघ २५ गते देशभर १ हजार ९५७ जना नयाँ संक्रमित थपिएका थिए । पीसीआर विधिबाट ८ हजार ५८७ र एन्टीजेन विधिबाट ४ हजार १०५ जना गरी कूल १२ हजार ६९२ जनाको परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको थियो । माघ २५ गते कोरोनाका कारण ११ जनाको मृत्यु भएको थियो ।

आज माघ २६ गते स्वास्थ्य मन्त्रालयले जारी गरेको रिपोर्टमा पछिल्लो चौबिस घण्टामा देशभर २ हजार ४०१ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ । सो अवधिमा ११ हजार ६०३ जनाको पीसीआर र ४ हजार ७५३ जनाको एन्टीजेन गरी कूल १६ हजार ३५६ जनाको कोरोना परिक्षण गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले पछिल्ला प्रत्येक दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको देखाएको छ । सरकारले कोरोना नियन्त्रणमा आएको जनाउँदै जारी गरेका निषेधाज्ञाहरु खुकुले बनाएपछि संक्रमण बढ्दै गएको हो ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ९ : ४५ बजे

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

काठमाडौं– सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब दुई

बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नुवाकोट– नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार