पाँच दिनदेखि हिउँमा फसेका नागरिक सकुशल घर फर्किए « Khabarhub

पाँच दिनदेखि हिउँमा फसेका नागरिक सकुशल घर फर्किए


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्ला तातोपानी गाउँपालिका-८ का ३४ जना नागरिक पाँच दिनपछि सकुशल घर फर्किएका छन् । हिउँमा फसेका सबै नागरिक जिल्ला प्रशासन कार्यालय, तातोपानी गाउँपालिका र स्थानीयको समन्वयमा नागरिकलाई सकुशल घर ल्याएका हुन् ।

यही माघ २१ गते भएको भारी हिमपातका कारण गाग्रा पाटनमा सेतो चिनी (खिरौला) संकलन गर्न गएका तातोपानी-८ टोप्लाका ३४ जना नागरिक घर फर्किन नसकेर हिउँमा फसेका थिए ।

प्रशासनको पहल, तातोपानी गाउँपालिकाको समन्वय तथा मुख्यमन्त्री र कानुन मन्त्रालयको सहयोगमा हिउँमा फसेका नागरिकको राहत उद्धारका लागि हेलिकप्टर पठाइएको थियो । बाक्लो हिउँ जमेकोले हेलिकप्टर अवतरण हुन नसकेपछि झण्डै २ क्विइन्टल खाद्यान्न राहत फालेर उद्धार टोली फर्किएको थियो ।

त्यस्तै मंगलबार सुरक्षा निकाय, प्रशासन, तातोपानी गाउँपालिकाको समन्वयमा हिउँमा फसेका नागरिक सहित पाटनमा रहेका सयौँ भेडाको समेत सकुशल उद्धार गरिएको प्रशासनले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले हिउँमा फसेका नागरिक र उनीहरूका भेडाको सकुशल उद्धार गरिएको छ । उनका अनुसार ३६ जना मध्य २ जना नागरिक २२ गते नै घर फर्किसकेका थिए ।

जडीबुटी संकलनका क्रममा बाक्लो हिउँ जमेर नागरिक फसेपछि प्रदेश सरकार, प्रहरी प्रशासन र तातोपानीले सक्रियता पूर्वक उद्धार गरेको हो ।

तातोपानी गाउँपालिका-८ को गाग्रो पाटनको एडि ओडार, खोटी सल्ला ओडार र गाग्रो ओडारमा बसेका नागरिकको उद्धार गरिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए ।

त्यस्तै, सोही हिमपातका कारण पाटनबाट फर्किने क्रममै दुई जनाको मृत्यु भएको थियो । गाग्रा पाटनमा सेतो चिनी (खिरौला) जडिबुटी संकलन गर्न गएका तातोपानी गाउँपालिका तातोपानी-८ की महिला ३७ वर्षीया देवी शाही र तातोपानी-७ बारगाउँका वर्ष ४६ का मुन रावतको मृत्यु भएको हो ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १० : ०० बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा