भुलेर पनि यी ७ चीज घरमा नराख्नुहोस् अन्यथा हुनेछ अपशकुन « Khabarhub

भुलेर पनि यी ७ चीज घरमा नराख्नुहोस् अन्यथा हुनेछ अपशकुन


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

वास्तु अनुसार, यस्ता केही चीज छन् जो घरमा राख्नु अशुभ मानिन्छ । यी चीज घरमा भए घर भित्र अपशकुन हुने मान्यता छ । घरमा राखिएका यी चिजका कारण परिवारमा खराब प्रभाव पर्ने वास्तुको मान्यता छ ।

युद्धको चित्र
रामायण होस् वा महाभारत वा कुनै अन्य युद्धको चित्र घरमा राख्नु अशुभ मानिन्छ । यस प्रकारका चित्र घरमा भए परिवारका सदस्यहरू बीच मनमुटाब बढ्ने वास्तुको मान्यता छ ।

काँडादार बोट
वास्तु अनुसार सिउँडी वा काँडादार कुनै पनि बोटबिरुवा घरमा हुनु हुँदैन । गुलाफ बाहेक यस्ता बोट घरमा हुँदा अशुभ हुने मान्यता छ।

यस्ता तस्बिर
बिना फलफूलका बिरुवा, डुबेको डुंगा, तलवार, सिकारको दृश्य, इन्द्र जाल, कैद भएको हात्ती, उदास वा रोएको र नग्न तस्बिर कहिल्यै घरमा राख्न नहुने वास्तुको मान्यता छ ।

ताजमहल
ताजमहलको कुनै शोपीस वा तस्बिर घरमा राख्नु हुँदैन । यो एक चिहान भएको र मृत्युसँग जोडिएको हुनाले यसलाई वास्तुमा शुभ मानिँदैन ।

जनावरको प्रतिमा वा पेटिंग
सुँगुर, सर्प, गधा, उल्लू, चमेरा, गिद्ध, काग वा परेवा जस्ता कुनै पनि पक्षी वा जनावरको तस्बिर वा प्रतिमा घरमा राख्नु शुभ मानिँदैन । वास्तु अनुसार दम्पतीहरूको कोठामा कुनै पनि पशु पक्षीको तस्बिर राख्नु शुभ मानिँदैन ।

दानव वा राक्षस
काठ वा धातुबाट बनेको भयानक दानव वा राक्षसको तस्बिर वा मूर्ति घरमा हुनु हुँदैन ।

टुटेको मूर्ति वा सिसा
सिसाको टूटेको सामान र चर्केको वा टुटेको भगवान्का मूर्ति घरमा हुनु शुभ मानिँदैन ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ८ : ३९ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै