भुलेर पनि यी ७ चीज घरमा नराख्नुहोस् अन्यथा हुनेछ अपशकुन | Khabarhub Khabarhub

भुलेर पनि यी ७ चीज घरमा नराख्नुहोस् अन्यथा हुनेछ अपशकुन


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तु अनुसार, यस्ता केही चीज छन् जो घरमा राख्नु अशुभ मानिन्छ । यी चीज घरमा भए घर भित्र अपशकुन हुने मान्यता छ । घरमा राखिएका यी चिजका कारण परिवारमा खराब प्रभाव पर्ने वास्तुको मान्यता छ ।

युद्धको चित्र
रामायण होस् वा महाभारत वा कुनै अन्य युद्धको चित्र घरमा राख्नु अशुभ मानिन्छ । यस प्रकारका चित्र घरमा भए परिवारका सदस्यहरू बीच मनमुटाब बढ्ने वास्तुको मान्यता छ ।

काँडादार बोट
वास्तु अनुसार सिउँडी वा काँडादार कुनै पनि बोटबिरुवा घरमा हुनु हुँदैन । गुलाफ बाहेक यस्ता बोट घरमा हुँदा अशुभ हुने मान्यता छ।

यस्ता तस्बिर
बिना फलफूलका बिरुवा, डुबेको डुंगा, तलवार, सिकारको दृश्य, इन्द्र जाल, कैद भएको हात्ती, उदास वा रोएको र नग्न तस्बिर कहिल्यै घरमा राख्न नहुने वास्तुको मान्यता छ ।

ताजमहल
ताजमहलको कुनै शोपीस वा तस्बिर घरमा राख्नु हुँदैन । यो एक चिहान भएको र मृत्युसँग जोडिएको हुनाले यसलाई वास्तुमा शुभ मानिँदैन ।

जनावरको प्रतिमा वा पेटिंग
सुँगुर, सर्प, गधा, उल्लू, चमेरा, गिद्ध, काग वा परेवा जस्ता कुनै पनि पक्षी वा जनावरको तस्बिर वा प्रतिमा घरमा राख्नु शुभ मानिँदैन । वास्तु अनुसार दम्पतीहरूको कोठामा कुनै पनि पशु पक्षीको तस्बिर राख्नु शुभ मानिँदैन ।

दानव वा राक्षस
काठ वा धातुबाट बनेको भयानक दानव वा राक्षसको तस्बिर वा मूर्ति घरमा हुनु हुँदैन ।

टुटेको मूर्ति वा सिसा
सिसाको टूटेको सामान र चर्केको वा टुटेको भगवान्का मूर्ति घरमा हुनु शुभ मानिँदैन ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ८ : ३९ बजे

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको

बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते

बागलुङ – बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रुपैयाँ १६ अर्ब लगानी

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला

स्पेसएक्सद्वारा अन्तरिक्षमा थप २० स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण

लस एन्जलस – अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मङ्गलबार थप