कतै तपाई कपाल धुँदा यी गल्ती त गर्नुहुन्न ? « Khabarhub

कतै तपाई कपाल धुँदा यी गल्ती त गर्नुहुन्न ?


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामी सबै आफ्नो कपाल सुन्दर, मुलायम होस् भन्ने चाहन्छौँ । कपाल धेरै नझरोस् भनेर विभिन्न उत्पादनको समेत प्रयोग गर्छौ । तर कहिलेकाहीँ कपाल धुँदा अपनाइएको केही गल्ती कारण हाम्रो कपालमा नकारात्मक असर परिरहेको हुन्छ । के हुन् त ती गल्ती ?

– कपाल सुकाउन कपडा
नुहाएपछि कपाल सुकाउन कपडाको प्रयोग गर्दा कपाल जर्खरिन्छ र यसले कपाललाई हानि हुन्छ । यसको साटो टिसर्ट कपालमा बाँध्ने वा पेपर ब्लट प्रयोग गर्दा उत्तम हुन्छ ।

– धेरै स्याम्पु वा कन्डिस्नर
धेरैलाई लाग्ला, टन्न स्याम्पु वा कन्डिस्नर प्रयोग गर्दा कपाल राम्रो हुन्छ । तर यो गलत हो । धेरै हालेर कपाल राम्रो हुनुको सट्टा खराब हुन सक्छ । त्यसैले ठिक्क प्रयोग गर्नुहोस् ।

कपाल माड्ने
कतिपय मानिस कपाल धुँदा भाँडा माझेजस्तो टाउको घोट्ने गर्छन् । तर यसो गर्दा कपालमा समस्या आउँछ र कपाल झर्छ साथै कमजोर हुन्छ । त्यसैले हल्का मात्र माड्नुस् ।

जराबाट टुप्पोतर्फ
कपाल धुँदा कपालको जरालाई पहिलो प्राथमिकतामा राख्नु पर्दछ । कन्डिस्नरलाई कपालको जराबाट टुप्पोतिर लगाउँदै जाँदा कपालमा लाभ पुग्छ र नरम पनि हुन्छ ।

– तातोपानीले ननुहाउने
कतिपय मानिस दिनभरिको थकान मेट्न तातोपानीले नुहाउने गर्छन् । तर तातो पानी टाउकोमा हाल्दा कपाल झर्छ । त्यसैले सम्भव भएसम्म चिसो पानीले नुहाउनु राम्रो हुन्छ ।

– कन्डिस्नर हतारमा पखाल्ने
कतिपय मानिस कन्डिस्नर लगाउनासाथ हतारहतार पखाल्ने गर्दछन् । तर एउटा निश्चित समयसम्म कन्डिस्नरलाई टाउकोमा रहन दिएर मात्र धुँदा यसले राम्रो लाभ दिन्छ ।

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ७ : २५ बजे

देउवाले एमाले फुटाइदिएको सम्झिँदै योगेशले भने : कांग्रेसको विभाजन दु:खद्, कुनै न कुनै उपायबाट फेरि मिलोस्

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विभाजनलाई दुःखद

एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै

काठमाडौं– एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग

फुटेका कांग्रेस कार्यकर्ता नाराबाजीमा उत्रिँदा कान्तिपथमा तनाव (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता-कार्यकर्ता निर्वाचन आयोग अगाडि

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेका नेता

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन