सातामा ४ पटक खोर्सानी खानेहरूमा हृदयाघातबाट मर्ने खतरा कम « Khabarhub

सातामा ४ पटक खोर्सानी खानेहरूमा हृदयाघातबाट मर्ने खतरा कम


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सातामा कम्तीमा चार पटक खोर्सानी खाने मानिसमा हृदयाघातबाट मृत्यु हुने खतरा ४० प्रतिशतले कम हुने देखिएको छ। इटालीमा गरिएको एक अनुसन्धानमा खोर्सानी खाने मानिस मा हृदयाघातबाट मृत्यु हुने खतरा कम हुने देखिएको हो।

इटालीमा गरिएको अध्ययनमा सहभागीको स्वास्थ्य अवस्था र उनीहरूको खानेकुरा खाने बानीका बारेमा ८ वर्षसम्म अनुगमन गरिएको थियो । जसमा सातामा कम्तीमा चार पटक खोर्सानी खाने मानिसहरूमा हृदयाघातबाट मृत्यु हुने सम्भावना कम देखिएको थियो ।

जर्नल अफ अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशित अध्ययन अनुसार खोर्सानी खानेहरू हृदयाघातबाट मर्नेको संख्या आधाभन्दा बढी थियो ।

साथै खोर्सानीको रक्षात्मक असरहरुको प्रणाली पहिचान नगरिएको तथा बढी खुर्सानी खाँदा त्यसले स्वास्थ्यसम्बन्धी थप फाइदा पुग्ने अध्ययनले औंलाएको छ । उक्त अध्ययनमा संलग्न टोलीले स्वास्थ्यलाई फाइदा पुर्‍याउने खोर्सानीको बायोकेमिकल मेकानिजमका बारेमा समेत अध्ययन गर्ने भएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ७ : ५६ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै