विद्यार्थी पास भएको रिजल्ट पाउँदा खुसी लाग्छ | Khabarhub Khabarhub

विद्यार्थी पास भएको रिजल्ट पाउँदा खुसी लाग्छ


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै कुरा सझिन सक्ने व्यक्ति ‘मेमोरी किङ’का रुपमा अर्पण शर्मा चिनिन्छन् । उनले सन् २०१५ मा धेरै कुरा सम्झेर देखाएपछि गिनिज बुकमा नाम दर्ता गराएका थिए । यसका साथै उनी नेश्नल युथ अवार्ड विजेता, हिमाल इन्टरनेशनल अवार्ड विजेता, युथ विलेन्सी अवार्ड, युथ विलेन्सी अवार्ड २०७८ बाट पनि उनी सम्मानित भएका छन् । २०४६ सालमा झापामा को भद्रपुरमा जन्मिएका उनले व्यवस्थापन संकायमा स्नात्तकोत्तर गरेका छन् । बुवा मोहन प्रसाद कट्टेल र आमा खिना शर्माको कोखबाट अर्पणको जन्म भएको हो । सुरुमा योग ध्यान गर्ने क्रममा श्वासप्रशास विधि नमिल्दा उनको कानमा समस्या देखिएपनि पछि धेरै योग गर्दा प्रणायम गर्ने बानी बसेकै कारण उनमा सम्झन सक्ने क्षमता बढेको थियो । एकैपटक ४२ वटा वस्तु सम्झिएर गिनिज बुकमा नाम लेखाएका अर्पण शर्मासँग खबरहबका लागि सुवास प्रधानले गरेको कुराकानीको सम्पादित अंशः

तपाइको ट्रेनिङको कारणले विद्यार्थीको मेमोरी पावर कत्तिको बढेको छ ?

सुरुमा आउदा मैलै मन्त्र दिन्छु । अनि त्यहि मन्त्रबाट हामी पनि मेमोरी बढाउछौ भन्ने सोच बोकेर उँहाहरु आउँनुहुन्छ । हामी ग्यारेन्टी नै दिएर सुरुमा शब्द सम्झिन सिकाँउछौ । दश बाह्र शब्द सम्झिन नसकिने त्यहि दिमागले करिब १÷२ घण्टा पछि १०० देखि २०० वटा शब्द त सम्झिहाल्नुहुन्छ । यसबीचमा हामी ४५ मिनेटको मेडिटेसन गराउँछौ । ४५ मिनेटकै मेमोरी सेसन गराउछौ । सिक्दै जादा धैरै सम्स्या आउँछन् । हामी अझै प्रयास गराँउछौ । शब्द याद गर्न नसक्नेले १२ दिनमा किताब नै याद गर्न सक्छ । यो कुरालाई हामीले ट्यालेन्ट भनेर भन्न मिल्दैन । यो सबै क्षमताकै कारण भएको हो । यहि क्षमताकै कारण धैरै विद्यार्थीले सरकारी जागिरमा नाम निकाल्नु भएको छ ।

पढ्ने सहज विधी के हो ? कसरी पढ्ने ?

हाम्रो समाजमा पढ्ने विधि छैन । विद्यार्थीलाई पढ् पढ् मात्र भनेर त हुदैन । कसरी पढ्ने भनेर सिकाउनु पर्छ । पढ्ने विधी हुन्छ, त्यही विधि हाम्रो जीवनमै प्रयोग गर्न सकिन्छ । एक दिन मात्र गरेर हुने कुरा होइन । घोकेर पनि सम्झिन त सकिन्छ । तर त्यो विधि त्यति दीर्घकालीन हुदैन । चित्र हेरेर पढ्न सकियो भने ९० प्रतिशत मेमोरी होल्ड गर्छ । घोक्नु भन्दा चित्र हेरेर पढ्नु प्रभावकारी मानिन्छ ।

यदि तपाई सरकारको कुनै पदमा काम गर्न पाउनुभयो भने कुन कुरालाई बढी प्राथमिकतामा राख्नुहुन्छ ?

पहिलो प्राथमिकता मेरो सबै विद्यार्थीलाई एकाग्रता र फोेकस कसरी गर्न सकिन्छ भनेर सिकाउनुपर्छ भन्ने लाग्छ । जब विधी अनुसार हामी यो कुरा लागु गर्छौ । त्यसपछि दिमाग यति धेरै राम्रो हुन्छ, विद्यार्थीले प्रश्न हेरेर उत्तर लेख्न कुनै ठुलो कुरा नै हुदैन । दोस्रो कुरा मेमोरी पावरमा काम गर्थे । विद्यार्थीलाई सर्टिफिकेट ल्याउनु चाहिने कुरा नै इन्फरमेसन रिसिभ एन्सरसिटमा लेख्नु मात्र हुदैन, यो त एकदम सानो कुरा हुन्छ । किताबको कोर्स केही वर्षमै परिर्वतन गर्न नसकेपनि मेमोरी पावर सजिलो बनाइदिनु पर्छ । दश घण्टामा पढ्ने कुरा एक घण्टामै पढ्न सक्ने बनाइदियो भने बाँकी नौ घण्टा त क्रियटिभिटिमा जान्छ । यसरी विधि अनुसार अघि बढ्थे ।

मेमोरी पावर बढाउन खानपिनमा पनि ध्यान दिनुपर्छ भनिन्छ नि ?

हो, खानाले पनि धेरै प्रभाव पार्छ । खनेकुरामा ध्यान दियौ भने मेमोरी बढाउन र स्वास्थ रहन मद्दत गर्छ । मेरो बारेमा कुरा गर्दा म बिहान उठ्ने बित्तिकै ड्राई फ्रुट्स खान्छु । खानामा मकैको च्याखला वा ब्राउन राइस खान्छु । फलफुल र सागपातले पनि मेमोरी बढाउन मद्धत । तपाइले जस्तो खानुहुन्छ, दिमाग पनि त्यहि अनुसार वृद्धि हुने हो । त्यसैले प्याकेजिङर ड्राई फूड नखान आग्रह गर्छु ।

तपाइकाे सोच कार्यान्वयन हुँदा के फरक भएकाे पाउनु भएकाे छ ?

मेरो विद्यार्थीहरु पास भएको रिजल्ट लिएर आउदा खुसी लाग्छ । मैले आफनो सुरुका दिनमा कसरी सघर्ष गर्थे र पछि विधिहरु अपनाउदा कति सजिलो भयो भन्ने मलाई राम्रोसँग अवगत छ । यो हेर्दा सानो तर असाध्यै महत्वपूर्ण कुरा हो । यसले मलाइ अझै काममा वृद्धि गर्न सहयोग गरेको छ । मेले गरेको कामबाट रिजल्ट पाउदा खुसीसँगै सन्तुष्ट पनि हुन्छु ।

तपाइले प्रहरीलाई समेत तालिम दिनु भएको छ भन्ने सुनियो, प्रतिक्रिया कस्तो पाउनु भयो ?

प्रहरीले विशेष याद गर्नुपर्ने त गाडीको नम्बर हो । उहाँहरुलाई मैले प्रत्यक्ष रुपमा नै देखाएर सिकाउने कोसिस गरे । शब्द र नम्बर याद गर्न पनि सिकाए । प्रतिक्रिया पनि राम्रो दिनुभयो । उहाहरु खुसी हुनुभयो । त्यही ठूलो कुरा हो ।

हरेक व्यक्तिभित्र क्षमता हुन्छ, त्यसलाई कसरी विकास गर्नुपर्ने हो ?

हरेक व्यक्तिभित्र क्षमता त हुन्छ नै । आफैँले पनि विकास गर्नुपर्छ । क्षमताको बीउ भए आफुले रुख बनाउने कोसिस गर्नु पर्छ । जति प्रयास गर्दै गयो त्यति क्षमता विकास हुने हो । जन्मदै कोही जानेर आएको हुँदैन । हामीले आफनो क्षमतालाई जति प्रयोगात्मक बनायो त्यति नै विकास हुन्छ ।

तपाइले गिनिज बुकमा रेकर्डका लागि तयारी कसरी गर्नु भएको थियो ?

म बिहान ४ बजे उठेर मेडिटेसन गर्थे । प्राणायम गर्थे । अनुलोम विलोम मात्र ३ घण्टा गर्थे । मैले गर्ने कामको मात्रा बढाएको थिए । म दिनकोे २ बजे मात्र खाना खान्थे । प्रिवारसँग भेट पनि खाना खाने बेला मात्र हुन्थ्यो । प्रायः म आफनै कोठामा हुन्थे । मेडिटेसन, प्राणायम विधि र मेमोरी बढाउने विधिले गर्दा नै सफल भए ।

यस्ताे परिवर्तित सोचले सफल हुँदाको अनुभव कस्ताे हुन्छ ?

सबैभन्दा ठूलो कुरा विद्यार्थीहरु रिजल्ट लिएर आउँदा खुसी मात्रै हाेइन उनीहरुले जीवनमा अघि बढ्ने हाैसला बटुल्छन् । मैले सानो सहयोग र उपाय सिकाउँदा उहाँहरु आफूले पाएको सफलतामा रमाउनुहुन्छ । अर्कालाई खुशी बनाउँदा जति सन्तुष्टि मिल्छ । त्यो विरलै हुन्छ । मैले आफनो सुरुका दिनमा गरेकाे सघर्ष, विधिहरु अपनाउदा कति सजिलो भयो, त्यो मलाई राम्रोसँग थाहा छ । यस्तै पीडा अरुलाई पनि छ भनेर मैले यसलाई अरुमाझ पनि फैलाउने योजना बनाएको हुँ । आफुले गरेको कामबाट सबैले राम्रै रिजल्टको आशा राखेका हुन्छन, मेले गरेको कामबाट राम्रो रिजल्ट पाउदा खुसीसँगै सन्तुष्ट पनि छु ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ७ : ४९ बजे

शुक्लाफाँटाका बेरोजगारलाई सय दिनको रोजगारी

कञ्चनपुर– प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा ५९ जनालाई सय दिनको

कोरोनाको प्रभाव कम हुँदा भाइरल सङ्क्रमणको डर

संसार स्प्रिङ ऋतु सुरु भएको छ। ठिक चार वर्षअघि संसारका

डेङ्गुविरुद्ध सचेतना : ‘खोज र नष्ट गर’ अभियान

तनहुँ– तनहुँको व्यास नगरपालिकाले डेङ्गु बारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि

२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

बैङ्कक– विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा

शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी