भक्तपुरको चाँगुनारायण नगरपालिका स्मार्ट घोषणा « Khabarhub

भक्तपुरको चाँगुनारायण नगरपालिका स्मार्ट घोषणा


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – चाँगुनारायण नगरपालिकालाई स्मार्ट पालिका घोषणा गरिएको छ ।

नगरपालिकालाई प्रविधिमैत्री बनाएसँगै मङ्गलबार स्मार्ट पालिका घोषणा गरिएको हो । नगरप्रमुख सोमप्रसाद मिश्रले नागरिकले लिने सबै सेवालाई सूचना प्रविधिमैत्री बनाउँदै सहज पहुँच पुर्‍याउने आफूले लिएको उद्देश्य पूरा भएको भन्दै नगरपालिकालाई स्मार्ट नगरपालिकाको अवधारणाअनुसार काम अघि बढाएको बताए ।

नगरप्रमुख मिश्रले भने, ‘कोरोना महामारीले धेरै कुरा सिकायो, सेवाग्राहीको वडा कार्यालयमा लाग्ने गरेको भीड घटाउन र सहजरूपमा आवश्यक सेवा पुर्‍याउन लिइएको अपेक्षा पूरा गरेको छ, अब नगरपालिकालाई स्मार्ट पालिका बनाइएको छ, यसले सुशासनयुक्त नगरपालिका बनाउने अवधारणा पूरा भएको छ ।’

स्मार्ट पालिकाका संस्थापक मनोज भट्टराईले चाँगुनारायणलाई स्मार्ट पालिका बनाउन आवश्यक प्राविधिक जिम्मेवारी पूरा गर्न सफल भएको भन्दै सङ्घीय संरचनामा देश गइरहेको अवस्थामा देशलाई नै प्रविधिमैत्री बनाउनका आवश्यक सहयोग गर्न आफ्नो संस्था तयार रहेको बताए ।

त्यस अवसरमा नक्सा शाखाका अरूण भण्डारीले नगरपालिकामा विगत दुई वर्षदेखि काम गरिरहेको जनाउँदै नगरपालिकाका सबै सडक, टोल, चोकको नामाकरण गरिएको र डिजिटल नम्बरिङसमेत गरिएको बताए ।

कार्यक्रममा अभिनेत्री एवं स्मार्ट पालिकाकी ब्राण्ड एम्बेसडर सुरक्षा पन्तले स्मार्ट पालिका झन्झटिलो नभएको र नागरिकमैत्री भएको बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ११ : ०० बजे

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित