अमेरिकाले अस्वीकार गर्यो युक्रेनलाई लडाकु विमान दिने पोल्याण्डको प्रस्ताव « Khabarhub

अमेरिकाले अस्वीकार गर्यो युक्रेनलाई लडाकु विमान दिने पोल्याण्डको प्रस्ताव


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीस्थित नेटो सैनिक अखडाबाट युक्रेनलाई लडाकु विमान पठाउने पोल्याण्डको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको छ ।

अमेरिकी रक्षामन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले ‘नेटोको अमेरिकी सैनिक अखडाबाट रुस र युक्रेनबीच विवादमा रहेको हवाई क्षेत्रमा लडाकु विमान पठाउँदा त्यसले नेटोको गठबन्धनमै गम्भीर चिन्ता उत्पन्न हुने भन्दै पोल्याण्डको प्रस्ताव अस्वीकार गरिएको जनाएका हुन् ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अनुरोध स्वीकार गर्दै पोल्याण्डले आफूसँग रहेको मिग २९ लडाकु विमान युक्रेनतर्फ पठाउने प्रस्ताव अघि सारेको थियो ।

पोल्याण्डका प्रधानमन्त्री माटेयस मोरावेस्कीले युक्रेनतर्फ आक्रामक हतियारहरुको आपुर्ति नेटो सदस्यहरुको सर्वसम्मत निर्णयबाट मात्र गरिनुपर्ने बताउँदै आएका छन् ।

पोलिश प्रस्तावमा जर्मनीस्थित राम्स्टेनमा रहेको नेटो सैनिक अखडाबाट ती विमानहरूलाई युक्रेनतर्फ पठाइने उल्लेख थियो । यद्यपि यसबारे पोल्याण्ड र अरु नेटो आबद्ध मुलुकहरुसँग छलफल गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १२ : ४७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस