अमेरिकाले अस्वीकार गर्यो युक्रेनलाई लडाकु विमान दिने पोल्याण्डको प्रस्ताव « Khabarhub

अमेरिकाले अस्वीकार गर्यो युक्रेनलाई लडाकु विमान दिने पोल्याण्डको प्रस्ताव


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीस्थित नेटो सैनिक अखडाबाट युक्रेनलाई लडाकु विमान पठाउने पोल्याण्डको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको छ ।

अमेरिकी रक्षामन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले ‘नेटोको अमेरिकी सैनिक अखडाबाट रुस र युक्रेनबीच विवादमा रहेको हवाई क्षेत्रमा लडाकु विमान पठाउँदा त्यसले नेटोको गठबन्धनमै गम्भीर चिन्ता उत्पन्न हुने भन्दै पोल्याण्डको प्रस्ताव अस्वीकार गरिएको जनाएका हुन् ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अनुरोध स्वीकार गर्दै पोल्याण्डले आफूसँग रहेको मिग २९ लडाकु विमान युक्रेनतर्फ पठाउने प्रस्ताव अघि सारेको थियो ।

पोल्याण्डका प्रधानमन्त्री माटेयस मोरावेस्कीले युक्रेनतर्फ आक्रामक हतियारहरुको आपुर्ति नेटो सदस्यहरुको सर्वसम्मत निर्णयबाट मात्र गरिनुपर्ने बताउँदै आएका छन् ।

पोलिश प्रस्तावमा जर्मनीस्थित राम्स्टेनमा रहेको नेटो सैनिक अखडाबाट ती विमानहरूलाई युक्रेनतर्फ पठाइने उल्लेख थियो । यद्यपि यसबारे पोल्याण्ड र अरु नेटो आबद्ध मुलुकहरुसँग छलफल गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १२ : ४७ बजे

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री