दक्षिण कोरियामा राष्ट्रपतीय निर्वाचन शुरु | Khabarhub Khabarhub

दक्षिण कोरियामा राष्ट्रपतीय निर्वाचन शुरु


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । चर्को राजनीतिक ध्रुवीकरणबीच नयाँ राष्ट्रपति चयनका लागि मतदान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

५ करोड २० लाख जनसंख्या रहेको दक्षिण कोरियामा १८ वर्षभन्दा माथिका ४ करोड ४० लाख जनता चुनावमा मतदान गर्न योग्य छन् । यसबाहेक १ करोड ६० लाखले मतदानको दिन अगावै मत दिइसकेको जनाइएको छ ।

चुनावी प्रतिस्पर्धामा सत्तारुढ लिवरल पार्टीका उम्मेद्वार ली जे म्युङ तथा उनका कन्जरभेटिभ प्रतिद्वन्द्वी युन सुक योल अघि रहेको जनाइएको छ । अरु १० जना पनि चुनावी मैदानमा रहेपनि मुख्य प्रतिस्पर्धा यिनै दुई उम्मेदवारबीच हुने जनाइएको छ ।

यद्यपि उत्तर कोरियाली खतरालाई सम्बोधन गर्ने विषयमा दुबै उम्मेदवारसँग स्पष्ट रणनीति नभएको आलोचकहरूको भनाइ छ । निर्वाचित हुने उम्मेदवारले आगामी मे महिनामा ५ वर्षको एकल राष्ट्रपतीय कार्यकाल सम्हाल्नेछन् ।

कोरोना भाइरसको महामारी र राजनीतिक ध्रुवीकरण उत्कर्षमा रहेका बेला चुनाव हुन लागेको हो । बुधबारमात्रै दक्षिण कोरियाली स्वास्थ्य अधिकारीहरूले मुलुकमा ३ लाख ४२ हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएका थिए । कोरोना भाइरसको महामारी शुरु भएयता दक्षिण कोरियामा देखिएको सबैभन्दा ठूलो संख्या हो ।

चुनावको नतिजा बिहीबारसम्म आइसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १ : ३० बजे

मधेशमा उथल–पुथल, चिनियाँ राजदूत सहभागी कार्यक्रम छाडेर जनकपुर पुगे तीन मन्त्री

जनकपुरधाम– जनता समाजवादी पार्टी नेतृत्वको मधेस सरकारबाट नेकपा माओवादी केन्द्रले

१० महिनामा बागमती प्रदेश सरकारको खर्च ३८ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म

अस्तव्यस्त मधेस सरकार : जनकपुर चुरोटको एउटै भवनमा कोचाकोच चार मन्त्रालय

जनकपुरधाम- गठबन्धनलाई भाग पुर्‍याउने नाममा पूर्व तयारी र पर्याप्त श्रोत

कोशीमा हिक्मत कार्की बने तेस्रो पटक मुख्यमन्त्री

विराटनगर- कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की

डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ :  सीरम इन्स्टिच्युट

काठमाडौं– भारतको सीरम इन्स्टिच्युटले डिसेम्बर २०२१ देखि कोभिशिल्ड भ्याक्सिन उत्पादन