दक्षिण कोरियामा राष्ट्रपतीय निर्वाचन शुरु « Khabarhub

दक्षिण कोरियामा राष्ट्रपतीय निर्वाचन शुरु


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । चर्को राजनीतिक ध्रुवीकरणबीच नयाँ राष्ट्रपति चयनका लागि मतदान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

५ करोड २० लाख जनसंख्या रहेको दक्षिण कोरियामा १८ वर्षभन्दा माथिका ४ करोड ४० लाख जनता चुनावमा मतदान गर्न योग्य छन् । यसबाहेक १ करोड ६० लाखले मतदानको दिन अगावै मत दिइसकेको जनाइएको छ ।

चुनावी प्रतिस्पर्धामा सत्तारुढ लिवरल पार्टीका उम्मेद्वार ली जे म्युङ तथा उनका कन्जरभेटिभ प्रतिद्वन्द्वी युन सुक योल अघि रहेको जनाइएको छ । अरु १० जना पनि चुनावी मैदानमा रहेपनि मुख्य प्रतिस्पर्धा यिनै दुई उम्मेदवारबीच हुने जनाइएको छ ।

यद्यपि उत्तर कोरियाली खतरालाई सम्बोधन गर्ने विषयमा दुबै उम्मेदवारसँग स्पष्ट रणनीति नभएको आलोचकहरूको भनाइ छ । निर्वाचित हुने उम्मेदवारले आगामी मे महिनामा ५ वर्षको एकल राष्ट्रपतीय कार्यकाल सम्हाल्नेछन् ।

कोरोना भाइरसको महामारी र राजनीतिक ध्रुवीकरण उत्कर्षमा रहेका बेला चुनाव हुन लागेको हो । बुधबारमात्रै दक्षिण कोरियाली स्वास्थ्य अधिकारीहरूले मुलुकमा ३ लाख ४२ हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएका थिए । कोरोना भाइरसको महामारी शुरु भएयता दक्षिण कोरियामा देखिएको सबैभन्दा ठूलो संख्या हो ।

चुनावको नतिजा बिहीबारसम्म आइसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १ : ३० बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय